• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

'फुटबलमा जादु र जीवनमा विवाद'ले भरिएका लिजेण्ड म्यारोडोना ६० वर्षका भए

एजेन्सी । विश्व फुटबलका लेजेण्ड अर्जेन्टाईन स्टार डियगो म्यारोडोनाको आज जन्मदिन । म्यारोडोना ६० वर्षका भएका छन् । जिवित लिजेण्ड म्यारोडोनाका गतिविधि अहिले पनि समाचारका हेडलाईन बन्ने गरेका छन् । बार्सिलोना तथा नापोलीको लिजेण्ड म्यारोडोनाले ६ दशक पार गर्दा विश्वभरका उनका समर्थकहरुले उनको सम्झना गरेका छन् । 

अक्टोबर ३० सन् १९६० मा डियगो म्यारोडोनाको परिवारको पाँचौं सन्तानको रुपमा अर्जेन्टीनामा जन्म भएको थियो । उनले सवैभन्दा पहिला आफ्नो घर बाहिर, भिल्ला फियोरिटोको धुलाम्म सडकमा फुटबल खेलेका थिए । गरिव परिवारमा जन्मिएका म्यारोडोनाका अविभाकहरु बाटोको बाढी घर मित्र नछिरोस भनेर टिनका पाता र बाल्टीहरुले बाढी छेक्ने गर्दथे । 

३ वर्षको उमेरमा म्यारोडोनालाई उनका काकाले फुटबल उपहार दिएका थिए । फियोरिटोको खुल्ला सडकमा उनले फुटबल प्रतिको आफ्नो मोह र क्षमता देखाईसकेका थिए । 

आफ्नो बायोग्राफीमा म्यारोडोनाले भनेका छन्, संभवता १० वर्षको उमेर भन्दा अघि नै हुनुपर्छ, एक दिन म खेल्दा खेल्दै बल सेफ्टी ट्याङकीमा खस्यो । बल निकाल्न म पनि त्यही छिरें, ट्याङकीको फोहोर घाँटी सम्म आईपुग्ने थियो । तर पनि म बाहिर निस्कनु भन्दा पनि बल खोज्न ट्याङकी भित्र डुब्ने गर्दथे ।

त्यो अवस्थाबाट पनि मलाई मेरा काकाले नै बचाएका थिए । काकाले मलाई नबचाएका भए संभवत फुटबल खोज्दा खोज्लै म सेफ्टी ट्याङकीमा नै मर्थें होला । 

जव उनको दाशौं जन्म दिन मनाउने बेला भयो फुटबल प्रतिको उनको क्षमता पहिचान भईसकेको थियो ।

उनी सहित उनका २ मिल्ने साथीले एक वर्ष अघिनै अर्जेटिनोस जुनियरमा ट्रयाल दिने मौका पाईसकेका थिए ।

१० वर्षको उमेरमा उनले देखाएको खेल कौशलका कारण अर्जेन्टाईन प्रेसले एक कोलममा उनको समाचार छापिसकेका थिए ।  २० वर्षको हुंदा म्यारोडोना अर्जेन्टिनाको राष्ट्रिय टिममा परिसकेका थिए । 
१९८६ मा म्याक्सिकोमा सम्पन्न विश्वकपमा म्यारोडोना तव चर्चित भए जव उनले बेलायत विरुद्धको खेलमा हातले हानेर गोल गरे र सो कुरा रेफ्रीले देखेनन् । पछि उनले त्यसलाई आफनो नभई भगवानको हातले गोल गरेको बताएका छन् । ३० वर्षको उमेरमा म्यारोडोना करिअरको पिकमा पुगेका थिए । 

करिअरको अन्त्यतिर ब्युनर्स आयर्समा फर्किएका म्यारोडोना एक दिन लागूऔषध दुर्व्यसनको आरोपमा पक्राउ परे । उनलाई १५ महिनासम्म कुनैपनि खेल गतिविधिभा माग नलिने आदेश दिईयो ।  त्यसका बाबजुत पनि उनलाई नागरिकहरु उच्च सम्मान दिईनै रहे । उनले आफ्नो करिअरको अन्तिम व्यवसायीक खेल अर्जेन्टिनाको बोका जुनियर्सबाट प्रतिस्पर्धी रिभरसँग खेले र जिते ।

लागु औषधको सेवनका कारण सन् २००० मा उरुग्वेको समुद्री किनारमा उनी झण्डै मृत्युको नजिक पुगेका थिए । त्यहाँबाट उद्दार गरेर उनलाई क्यूवामा रिह्याविटेशन सेन्टरमा राखियो । ४ वर्ष क्यूवामा विताएका उनलाई राष्ट्रपति फिडेल क्यास्ट्रोले विषेश अतिथिको सम्मान दिएका थिए । 

४१ वर्षको उमेरमा फेयरवेल गेम खेलेका म्यारोडोनाले अर्जेन्टिनामा कुनै समय टेलिभिजन होष्ट भएर कार्यक्रम समेत चलाए । पेले, फिडेल क्याष्ट्रो, माईक टाईसन उनको चर्चित अतिथि थिए । 
५० वर्षको उमेरमा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा उनी अर्जेन्टिनी टोलीको प्रशिक्षक बनेका थिए । अहिले अर्जेन्टिनाको एउटा क्लबको कोच भएर समय विताईरहेको म्यारोडोनाको तुलना पेलेसँग हुने गरेको छ । 

अहिलेका दुई फुटबलर रोनाल्डो र मेसी मध्य को उत्कृष्ट भन्ने चर्चा चलेजस्तो तत्कालिन दुई हस्तीहरका बीच पनि तुलना हुने गरेको थियो । यी दुवैका पक्ष र विपक्षमा समेत मत व्यक्त गर्ने विश्वमा ठूलो जमात छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर