• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

साउदीमा नाराबाजी गर्ने नेपाली विरुद्ध मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको छ । स्थानीय प्रशासनले उनीमाथि मुद्दा चलाएको हो ।

उनीहरुले घर फिर्तिको माग गर्दै  नेपाली राजदूतावास अगाडि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका थिए । 

साउदीमा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको धर्ना र नाराबाजी गर्न मनाही छ । नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ती नेपालीलाई माफी दिई स्वदेश पठाउन पहल भइरहेको बताए  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर