• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 04:01 am

प्रदेश १ मा शनिवार २२२ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिवार २२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरंगको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २/२,  केराबारी, रंगेली र बेलबारीमा १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

उता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १/१ जना, झापाको दमक र विर्तामोडमा ६/६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २/२, हल्दीबारी र शिवसताक्षीमा १/१ र  स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । इलामको इलाम, माई र चुलाचुलीमा १/१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेश १ आज ३२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्युरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८५० पुगेको छ ।

प्रदेश १ मा आज ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०५ महिला र ११७ पुरुषको रिपोट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५९ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु

  • १४ मङ्सिर, २०७७

जलेश्वर ।  महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा आज साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही–८

चिनियाँ रक्षामन्त्री वेई फेङहे फर्किए

  • १४ मङ्सिर, २०७७

काठमाडौं । एक दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ रक्षामन्त्री वेई फेङहे फर्किनएका छन् ।  उनी आइतबार साँझ फकिएका हुन् । नेपाल–चीन सम्बन्धको ६५ औं

उडिरहेको हेलिकप्टरमा चील ठोक्किएपछि..

  • १४ मङ्सिर, २०७७

बागलुङ ।  जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी