पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु 

पाल्पा । पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन। जिल्लाको रिब्दीकोट गाउँपालिका वडां. ३ शिरुखर्कस्थित तानसेन रिडी सडकखण्डमा तानसेदेखि गुल्मीतर्फ जादै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलका चालक तानसेन नगरपालिका १४ अर्गलीका ३९ वर्षीय हरीप्रसाद ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटौमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिए ।

यस्तै मोटरसाईकलमा सवार गुल्मीको ग्वादी गाउँपालिका ४ का ४३ वर्षीय अनिल ज्ञवाली सामान्य घाईते भएको हुँदा तानसेनस्थित लुम्बिनि मेडिकल कलेज प्रभासमा थप उपचार पश्चात डिस्चार्ज भएको सूचना अधिकारी गिरीले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर