• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 03:47 am

मोरङमा थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु

मोरङ । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक  र  म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जनाको मृत्यु भएको हो । 

नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध, मोरङ सुन्दरहरंैचा नगरपालिका–१० की ६९ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले  जानकारी दिए । 

इटहरीका ४३ वर्षीय पुरुषको नोवेल शिक्षण अस्पताल अगाडि शुक्रबार एम्बुलेन्समा नै मृत्यु भएको छ । मृतक कोरोना पोजेटिभ देखिएपछि उपचारका भर्ना हुन अगाडि नै मृत्यु भएको प्रबन्धक दाहालले बताए  । विराट शिक्षण अस्पतालमा विराटनगर–३ का ६५ वर्षीय पुरुषको आज मृत्यु भएको छ । मृतक यही कात्तिक ६ गते  उपचारका लागि भर्ना भएको आइशोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । 

यस्तै, म्याक्स ट्रमा सेन्टर विराटनगरमा उदयपुरकी ४२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ । मृतक उपचारका लागि शुक्रबार अस्पतालमा भर्ना भएको प्रबन्धक हेमनारायण मेहताले बताउनुभयो । प्रदेश नं १ मा अहिलेसम्म कोरोना सङ््क्रमणबाट १९२ जनाको मृत्यु भएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु

  • १४ मङ्सिर, २०७७

जलेश्वर ।  महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा आज साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही–८

चिनियाँ रक्षामन्त्री वेई फेङहे फर्किए

  • १४ मङ्सिर, २०७७

काठमाडौं । एक दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ रक्षामन्त्री वेई फेङहे फर्किनएका छन् ।  उनी आइतबार साँझ फकिएका हुन् । नेपाल–चीन सम्बन्धको ६५ औं

उडिरहेको हेलिकप्टरमा चील ठोक्किएपछि..

  • १४ मङ्सिर, २०७७

बागलुङ ।  जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी