• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोना सङ्क्रमणका कारण आरक्षका कामकाज प्रभावित

इनरुवा ।  प्रदेश नं १ को मुख्य पर्यटक केन्द्र सुनसरीको पश्चिमकुशाहा–३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आरक्षमा एकै पटक ९ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि आरक्षको दैनिक कामकाज प्रभावित भएको आरक्षका संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए । 

मुख्य गरेर आरक्षमा राति गरिने गस्ती गर्नेलगायत अन्य नियमित कार्य प्रभावित भएको चौधरीले बताए । आरक्षमा रहेको जङ्गली जनावरले दैनिक रुपमा बस्ती प्रवेस गर्ने गरेको र आरक्षमा कर्मचारी नहुँदा नियन्त्रण तथा धपाउनेलगायत कार्य समेत प्रभावित भएको अधिकृत चौधरीको भनाइ छ । आरक्षमा प्रर्याप्त कर्मचारी हुँदा रातिको समयमा २ देखि ३ पटक सम्म गस्ती हुँदै आएकोमा अहिले कर्मचारीमा नै सङ्क्रमण देखिएपछि दैनिक रुपमा एक पटक मात्र गस्ती भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर