सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाईकल खोलामा खस्यो 

पाल्पा । सिदार्थ राजमार्गको सिद्धबाबा नजिकै सडकदेखि दुईजना सवार मोटरसाईकल तिनाउ खोलामा खसेको छ । तिनाउ गाउँपालिकाको वडा नं. ३ सिद्धबाबा नजिकैबाट तानसेनदेखि बुटवलतर्फ जादै गरेको लु ९ प ७१५६ नं. को मोटरसाईकलसहित मोटरसाईकलमा सवार दुईजना पुरुष खोलामा खसेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा सवार बगनासकाली गाउँपालिका वडा नं. ४ खानीछापका २९ वर्षीय रुक बहादुर हिस्की र तिनाउ गाउँपालिका ३ का १८ वर्षीय दान बहादुर लम्तरी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

 बेलुका करिब साडे सात बजे मोटरसाईकल खोलामा खसेको हुँदा उद्दारमा केही समस्या भएको प्रहरी चौकी दोभानका प्रमुख सोम बहादुर सारुले बताए  । मोटरसाईकल सडकदेखि झन्डै दुईसय मिटर तल खसेको हुँदा र उद्दारका लागि सदरमुकाम तानसेनदेखि शसस्त्र प्रहरी बलको टोली घटनास्थलतर्फ जादै गरेको प्रमुख सारुले जानकारी दिए । 

 भिर र रातीकोे समय भएका कारण घाईतेको अवस्थाबारे जानकारी नभएको प्रहरीले जनाएको छ ।यद्यपी दुवैजना जिवीतै रहेको प्रहरीको भनाई छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर