• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 03:16 am

चितुवाको आक्रमणबाट १८ वर्षिया युवतीको ज्यान गयो

डडेल्धुरा । चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक युवतीको मृत्यु भएको छ।

बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ।

घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

डडेल्धुराबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए। आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गण्डकीमा ११७ जना कोरोना सङ्क्रमित थपिए

  • १७ मङ्सिर, २०७७

गण्डकी । गण्डकी प्रदेशमा ११७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका– १४ का ४८

गुणस्तरहीन तोरी तेल उत्पादन गर्ने कैलाश उद्योगमा सिल

  • १७ मङ्सिर, २०७७

वाग्मती ।  अमलेखगञ्ज–हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको

झापामा पत्रकारमाथि श्रृंखलाबद्ध आक्रमण, दोषीलाई अबिलम्ब कारवाही गर्न महासंघको माग

  • १७ मङ्सिर, २०७७

झापा ।  पत्रकाहरुमाथि श्रृंखलबद्ध आक्रमण हुन थालेको छ । न्यूज २४ टेलिभिजनका झापा संबाददाता राजु पौडेल, झापाका पत्रकार नारायण अर्याल, माउण्टेन