हुम्लामा चिसो बढेपछि सीमा प्रहरी चौकी सदरमुकाम फिर्ता

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको एक सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ । वडा –६ को लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली चिसोले सिमकोट फिर्ता भएको हो ।    

यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागी खटिएका प्रहरी जिल्ला फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । तापक्रम माइनस दुई डिग्री भन्दा कम हुँदै गएपछि चिसोका कारण फिर्ता भएको बताइएको छ ।  

हिउँदको दुई महिना हिमपात बढी हुँदा यस क्षेत्रमा आवतजावत र झै झगडासमेतमा कमी हुने भएकाले प्रहरी फिर्ता भएका हुन् । वर्षेनी सीमा सुरक्षाका लागी जिल्लाबाट प्रहरी जेठमा गएर कात्तिकमा फिर्ता हुन्छन् । करिब २३ प्रहरीको दरवन्दी भएपनि उक्त चौकीमा हाल सात जना बस्दै आएको र सबै सिमकोट फिर्ता भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर