• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 07:25 am

मानहुँकोटको विकासका लागि प्रदेश सरकारको चासो

दमौली ।  तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो । 

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार मानहुँकोटको अवलोकन गर्दै यहाँको विकासका लागि प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । “मानहुँकोटको विकासका लागि एकीकृत ढङ्गबाट पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ”, रासससँग कुरा गर्दै मन्त्री गुरुङले भने, “यहाँ खानेपानी, सडक र सरसफाइको मुख्य समस्या देखिएको छ । गुरुयोजना बनाएर यसको समग्र विकास गर्न प्रदेश सरकार स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्न तयार छ ।” यहाँको भौगोलिक अवस्थालाई नबिगार्ने गरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिए । 

मानहुँकोटमा प्याराग्लाइडिङ, पिङलगायतको पनि सम्भावना रहेकाले त्यसमा लगानी गर्न निजी क्षेत्रलाई मन्त्री गुरुङले आग्रह गरे  । “समग्र योजना बनाएर अगाडि बढ्न सकिने विषयमा अध्ययनका लागि म मानहुँकोट आइपुगेको हूँ, यहाँको मुख्य समस्या भनेको खानेपानीको देखियो, त्यसका लागि अध्ययन तत्कालै शुरु गरिनेछ”, उनले भने । 

प्रदेशसभा सदस्य आशा कोइरालाले मानहँुकोटलाई गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरिने बताए । “व्यास नगरपालिकाको तर्फबाट पनि यहाँ विकास योजना अगाडि बढिरहेको छ, नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सबै सहयोग गर्छौँ”, कोइरालाले  भने  । 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँको विकास र प्रवद्र्धनमा नगरपालिका अत्यन्त प्रतिबद्ध भएर लागेको बताए  । मानहँुकोटबाट प्याराग्लाइडिङ गर्न सकिने सम्भावना भए पनि यहाँ भएका टेलिकम र विद्युत्का तारहरुका कारण समस्या आएकाले सम्बन्धित निकायसँग समन्वय गरेर यहाँको तार हटाउन पहल गरिने न्यौपानेले जानकारी दिए । मानहुँकोटमा पूर्वाधार निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग साझेदारी गरिने नगरप्रमुख न्यौपानेले बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कानून कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक : मुख्यमन्त्री भट्ट

  • १४ मङ्सिर, २०७७

बैतडी ।  सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । शनिबार मानवअधिकार

कर्मचारी व्यवस्थापनमा वाग्मती प्रदेश

  • १४ मङ्सिर, २०७७

वाग्मती ।  कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ । वाग्मती प्रदेश

प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

  • १३ मङ्सिर, २०७७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही