• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 07:51 am

यम पञ्चक अर्थात आर्थिक क्रान्तिपर्व

तस्विर : वेव

ज्योतिष गणनापद्धति अनुसार कार्तिक  कृष्णपक्ष त्रयोदशी देखि कार्तिक शुक्ल द्वितीया सम्मका पाँच दिनहरुलाई यमपञ्चक का रुपमा मनाउने परम्परा छ । नेपाली जनजिब्रोका भाषामा हामी यी दिनहरुलाई तिहार पनि भन्दछौ । यो पर्वका पाँचै दिनका महत्व अलग अलग भएपनि मूल मर्म एउटै छ ।

काग तिहार :

तिहारको पहिलो दिन सर्बभक्षी ,सचेष्ट र दीर्घायु पक्षि कागको पूजा गरेर मनाईन्छ । हिन्दु धर्मशास्त्र अनुसार काग काल मृत्यु र शकुनको सन्देश बाहक पक्षि हो । यसको कर्कश स्वर  र बिकृत रुप देखेर मानव मन स्वतः भयभित हुने गर्दछ ,परन्तु सनातन धर्मको उदार चरित्रले कागको पूजन गरेर कसैलाई  मन नपर्ने प्राणीको पनि प्रकृतिमा सम्मान र स्थान हुनु पर्दछ भनेर निर्देश गर्दछ ।

    आजकै दिन आयुर्बेदका प्रथम प्रणेता भगवान धन्वन्तरीको अवतार भएको दिन हो स्वस्थ जीवनका लागि प्रकृतिका अनुपम उपहार बनस्पतिको संरक्षण र सम्बर्धन धनवन्तरी जयन्तिको सन्देश पनि हो । भगवान धन्वन्तरीको सिद्धान्त अनुसार “यस्य देशस्य यो जन्तु स्तज्जं तस्यौषधं हितम् ” अर्थात जुन प्राणी जुन ठाउ“मा जन्मन्छ उसको  स्वास्थ्य रक्षाका लागि त्यही ठाउ“का बनस्पतिमा नै औषधि बनेको हुन्छ ,यो सार्बभौम सिद्धान्त निरोग रहन चाहने संसारका सबै देशका लागि मननीय र अनुकरणीय छ । यो जयन्ति र भगवान धनवन्तरीको यो महान अनुसन्धानलाई अनुसरण गर्ने हो भनें हामी जस्तो औषधिमा पर निर्भर हुने नेपालीले हाम्रो प्रकृतिका अनुपम उपहार बन बनस्पतिको संरक्षण , अध्ययन र औषधि निर्माण गरि औषधि किन्नका लागि बिदेश पठाउने अरबौको धनराशी हाम्रै बनस्पति विकासमा खर्चन सकिनु का साथै हाम्रा बानस्पतिक औषधिहरु बिदेश पठाएर संसारलाई स्वस्थ जीवन प्रदान गर्न सकिने कुरामा कुनै शंका नै छैन किनकि हाम्रो देश विविध बनस्पति र प्राकृतिक सम्पदाले भरिपूर्णछ ।

कुकुर तिहार :

        स्वामीभक्त, आशक्त र मलभक्षी भनेर चिनिने  कुकुर पनि काग जस्तै सचेष्ट  र स्वतन्त्र प्राणी हो । धर्म शास्त्र अनुसार यो मृत्युदूत पनि हो । यस प्राणीको क्रन्दनका आधारमा शकुनशास्त्रीहरुले  शकुन ,अपशकुन ,उल्कापात ,बर्षा, विप्लव, भूकम्प  र मृत्युको पूर्वानुमान लगाउने गर्दछन ,यसै कारण जीवनमा प्रत्येक आपदाबाट सचेष्ट रहन कुकुरको रक्षा र सम्मान पूर्वीय संस्कृतिको अविच्छिन्न परम्परा हो । कुकुर तिहारकै दिन सा“झपख चौधवटा दियोमा बत्ती बालेर  संकल्प पूर्वक घरको दक्षिण दिशामा यमराजका लागि राख्ने नियम पनि छ । वास्तु शास्त्र अनुसार बासगृहको दक्षिण पट्टीको भाग सधै खुल्ला प्रकाशयुक्त र स्वच्छ हुनुपर्दछ ,वासस्थनमा गृहक्लेश , अस्वस्थता अकालमृत्यु र अपब्यय पनि दक्षिण दिशाको वस्तु स्थिति हेरेर मात्र वास्तुशास्त्रीय निर्णय गरिन्छ । वास्तवमा सुखद वासगृह चाहनेले दक्षिण दिशाको संबेदनशीलतालाई जहिल्यै पनि ध्यानमा राख्नु अनिवार्य छ । साथै धर्मशास्त्र अनुसार प्राणीको मृत्युपछि आत्माले दक्षिण र उत्तर मध्ये कुनै एक बाटो लाग्नुपर्ने हुन्छ , उत्तर मार्ग अर्थात स्वर्गीय मार्ग र दक्षिण नारकीय बाटो । अतः दक्षिण मार्ग गमनरुपी अन्धकारको बोधको संकेत रुप यी चौध दिपकहरु पनि  हुन ।

  आजकै दिन भोलिपल्ट गरिने लक्ष्मीपूजाको पूर्वतयारी पनि गरिन्छ भनें अकाल मृत्युबाट बच्न र बचाउन अन्न र कपडा दान गर्ने परम्परा छ । आफू बैभव र सम्पन्नतामा रमेर लक्ष्मी पूजा गर्दै गर्दा आप्mना वरिपरिका धनहीन छरछिमेकीहरुलाई कुनै पनि अभाव नहोस भनेर नरक चतुर्दशीका दिन गरीवहरुलाई अन्न र कपडा दान गर्नुपर्ने शास्त्रको निर्देश छ । ठूला उद्योगपति र ब्यापारीहरुले पनि आफ्नो बैभव बृद्धिमा तनमनले सहयोग गर्ने आप्mना मजदुर र उनीहरुका परिवारका सदस्यलाई उपहार, सम्मान र अतिरिक्त नगद दिने परम्परा आजपनि कतिपय घरानीया उद्यमीहरुले धानी रहेकाछन । यसरी अशक्त देखि शक्तिशालीसम्म मजदुर देखि मालिक सम्म सबैजना आर्थिक रुपले सम्पन्न भएपछि अनि सुरु हुन्छ महालक्ष्मी पूजन ।

लक्ष्मीपूजा :

       लक्ष्मीपूजाको परम्परा सनातनदेखि चलिआएको अविच्छिनन परम्परा हो । यो पूजा र उत्सवमा गरिने सबै कर्महरुको बैज्ञानिक सांस्कृतिक र सामाजिक विश्लेषण गर्ने हो भनें यो लेखले ग्रन्थरुप लिन सक्छ ,यसर्थ लक्ष्मीपूजाको ऐतिहासिक प्रसंगतर्फ लागौ ।

        इतिहास अध्ययन गर्ने हो भने संसारलाई सभ्यता सिकाउने आर्यावर्त  कृषि ,अर्थ र बाणिज्यमा  संसारमा सबैभन्दा समुन्नत थियो । पृथ्विीको भौगोलिक अवस्थालाई विशिष्ट अध्ययन गर्ने हो भनें ध्रुवीय प्रदेश  र अन्य केही देशहरुमा जलवायु सधंै एक समान रहने गरेको छ भनें आर्य संस्कृतिको उद्गमस्थल आर्यावर्तमा  कालचक्रका आधारमा ऋतु परिवर्तन भइरहन्छ अनि भिन्न भिन्न ऋतुहरुमा विविध गुण र शक्ति सम्पन्न फल , मूल , औषधि र वनस्पतिको उत्पादन भईरहन्छ । यस कारण भारतबर्षका देशहरु अन्न,  फल  र बनस्पतिमा समृद्ध थिए र अहिले पनि छन । जीवनको महत्वपूर्ण बस्तु अन्न र बस्त्र  नै  हो । र यस क्षेत्रमा यो समयमा प्रचुर मात्रामा अन्न र कवास उत्पन्न भएको हुन्थ्यो । यसबेला सारा संसार अन्न र कपडाको चिन्ताबाट मुक्त भएको हुन्थ्यो । सुख समृद्धिको यो समय सबैका लागि उत्सव सरह मनाईन्थ्यो । अन्न र कपडाको प्रशस्ततामा जनताले राज्यलाई बुझाउनुपर्ने उचित कर पनि बुझाई सकेका हुन्थे । यसरी सबैतिरबाट चिन्तामुक्त भएका जनतालाई आ आप्mना शासकहरुले विभिन्न समूह विभाजन गरि  शास्त्रको निर्देशन अनुसार दक्ष आचार्य र गुरुहरुको निर्देशनमा खेलकुद ,नाचगान ,महिला सम्मेलन ,ब्यापारीहरुको सम्मेलन , गर्दै उत्पादित अन्न ,कवास फलको बजार अध्ययन , तेजि मन्दीको पूर्वानुमान दुग्ध उत्पादन , पशुहरुको वंश सुधार र आयात निर्यातमा धर्मपूर्वक चर्चा गरिन्थ्यो । धनाढ्य ब्यापारीहरुले आयोजित खेलकूदमा खेलाडी र खेलसमूहमाथि विजयको पूर्वानुमान गरि बाजी थाप्थे । उत्कृष्ट कला प्रदर्शन गर्ने कलाकर्मीलाई राज्यले पुरस्कृत गथ्यो । कलाकारहरुका बिभिन्न समूहहरु घरघरमा गएर सर्बाेत्कृष्ट कला प्रदर्शन गर्दैृ  राज्यको कला संस्कृतिलाई समुन्नत बनाउन उत्साहित हुन्थे अनि यस काममा राज्यको प्रत्यक्ष सहयोग र समर्थन रहन्थ्यो

   यसरि मानव सभ्यताको विकाश संगै सूत्रपात भएको दीपावलीको शास्त्रीय संस्कृति राष्ट्रोत्थानको गरिमामय र विशिष्ट पर्व हो । धर्मशास्त्र र इतिहास ग्रन्थका आधारमा दीपावलीका सम्बन्धमा वर्णन पुष्टि गरिएका अन्य कथा र जनश्रुतिहरु पनि देश र काल भेदले सबै सत्य नै हुन । 

          दीपावलीका दिन बिहान सबैले आप्mनो आवास गल्ली , चोक चौतारा स्वच्छ र सुन्दर पार्ने परम्परा छ भनें दिनभर पितृहरुको संझनामा निराहार बस्ने नियम पनि छ । सा“झपख घर तथा ब्यापारिक प्रतिष्ठानमा सुन्दर दीपकहरु बालेर गणेश, लक्ष्मी ,नवग्रह मातृका ,पूजनगरि नया“ हिसाव खाता र लेनदेन प्रारम्भ गर्ने नियम छ । यसरी उल्लासमय वातावरणमा महालक्ष्मीको पूजन गरेर आ आप्mनो परिश्रम  र प्रारब्ध अनुसार प्राप्त सम्पत्तिको यश आप्mना दिवंगत पिता पुर्खालाई दिंदै आफूभन्दा ठूला ब्यक्तिको  आशिर्वाद लिई सपरिवार भोजन गर्ने परमपरा छ । यस  सनातन संस्कृतिले हाम्रा भावी सन्ततिहरुलाई पारिवारिक एकताको सूत्रमा बा“धिन प्रेरित गराउनु का साथै आफ्नो कुल परम्पराको गरिमालाई अक्षुण्ण राख्न मनोबैज्ञानिक बाध्यता पनि सिर्जना गर्दछ । यस पुनित कार्यले परम्परागत सु संस्कारलाई  अनुसरण गरि सुखी जीवन बनाउन सहयोग गर्दछ । श्रमपूर्वक धन उपार्जन र त्यागपूर्वक त्यसको उपभोग भन्ने शास्त्रीय बिज्ञानलाई दीपावलीले अझ समुन्नत बनाएको छ ।

गोबर्धन पूजा र अन्नकूट :

     प्रतिपदा तिथि गाई र गोबंश पूजनको तिथि हो । हामी एउटा सरल प्राणीलाई बन्धक बनाएर आफू अनुकूल ब्याख्या गरि आप्mनो स्वार्थ पूरा गरि रहन्छौं । स्वतन्त्रताको उसको जन्मसिद्ध अधिकारको गलत परिभाषा गरि उसको दोहन गर्दछौ । हाम्रो स्वार्थका लागि स्वास्वास्थ्का लागि अनि राष्ट्रका लागि । बिचरा † के आवस्यकता छ र उसलाई   हाम्रो दाशता स्वीकार गरोस ?उसलाई कुन बाध्यता छ र हाम्रो लागि आफूभन्दा सयौं गुना ठूलो भारी बोकोस र मरोस  दुःखद र उपेक्षित बृद्धावस्थाले ? हामीभन्दा कैयौ गुना शक्तिशालि भएर पनि हाम्रो बन्धक बनेर हाम्रालागि निरीह बनिदिन्छ ,के उसको कुनै अधिकार छैन ? उसको स्वास्थ्य र शरीर रक्षा गर्नु हाम्रो दायित्व हैन ? अव गो वंशको रक्षा नश्ल सुधार उसको उत्तम स्वास्थ्यको प्रबन्धका लागि राष्ट्रिय सम्मेलन ,चिन्तन र बहस गर्ने दिन हुनु पर्छ पशु अधिकारका लागि र राष्ट्र निर्माण का लागि । अनि घरघरमा पालिनु र पूजिनु पर्छ गाई र गो वंश , यही महत्व हो हल तिहारको ।

    हल तिहार कै दिन अन्नकूटको पनि आयोजना गरिन्छ । मौसम परिवर्तनको संघारमा टोल टोलका किसानहरुले आ आप्mनो खेतबारीमा उब्जाएको नयां अन्नलाई एकैठांउमा भेला पारेर चौरासी प्रकारका परिकार बनाई अन्नदाता परमेश्वरलाई समर्पण गरि सहभोज गरेर मनाईने यो उत्सवले  मानवमात्रमा सह अस्तित्वको भावना जागृत गराउन कति ठूलो भूमिका निर्वाह गर्दछ , कल्पन गरौ ।

  भाईटीका :

    दाजुभाई दिदी बहिनी बीचको सम्बन्ध प्रगाढ र दृढ बनाउने यो दिन सद्भाव ,सौहार्दता र सह्दयताको पर्व हो ।  धर्म शास्त्र अनुसार चेलीको रक्षा माईतिको दायित्व हो । यदि चेलीको चित्त नदुखाई माईतिले चेलीलाई शिक्षा , दीक्षा र रक्षा प्रदान गरेको छ भनें विसम परिस्थितिमा जस्तोसुकै मूल्य चुकाएर पनि चेलीले माईतिको रक्षा गरेका बीर कथाहरु सनातन संस्कृतिमा अनेकौ छन ।

      भाईटीका का रुपमा निधारमा टीका लगाई चेलीले माईतिरुपी गर्वी पुरुषलाई  “घमण्ड गरी आफूलाई पथभ्रष्ट बनाए अकाल मृत्यु पनि हुनसक्छ त्यसैलै सधैं नम्र उदार र चरित्रवान हुनु” भनि बैष्णवी शिक्षा दिंदै गुरुको जस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नु भाईटीकाको अन्तरनिहीत  सत्य हो । अन्त्यमा  यमपञ्चक हाम्रालागि संस्कृति सभ्यता र आर्थिक क्रान्तिको राष्ट्रिय पर्व हो  ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिहेवारी : कानुन उल्लंघन र सजायको व्यवस्था

  • ११ मङ्सिर, २०७७

बिवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको स्वतन्त्र सहमतीमा आधारित एक पवित्र समाजिक तथा कानुनी बन्धन हो  ।

समस्या समाधान गर्ने बिम्ब हुन 'प्रचण्ड'

  • १० मङ्सिर, २०७७

पूर्व माओवादीहरुको फुटले कमजोर प्रचण्डलाई मात्रै बनाएको छैन । मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द सबैलाई कमजोर बनाएको छ । पुनः शक्ति

'ओलीका विषयमा प्रचण्डले उठाएका विषय सही छन्, राष्ट्रिय छलफल गरौं' -गगन थापा

  • ३ मङ्सिर, २०७७

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीका विषयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएका विषय