• बिहीबार ८-११-२०७७/Thursday 11-26-2020/ 12:59 am

नर्सले बिरामीलाई टीका लगाइदिँदा ...

चितवन ।  बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै  भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्यया मै टोलाएर बस्नु बाहेक  अर्काे विकल्प हुँदैन । 

चितवन मेडिकल कलेज भरतपुरमा आज फरक दृश्य देखियो । अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए । पर्व सम्झदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो । बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले । 

नर्सहरुले श्ययामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो । अस्पतालमा उपचाररत् १५७ जना बिरामीलाई भाइटीका लगाइएको हो । 

अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उहाँहरुकै श्ययामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको जानकारी दिए । उनले भने “हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरुले लगाउन पाउनु भएको थिएन । जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं ।”  

नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ । पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उनले बताए ।  बरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको जानकारी दिए । 
 
भरतपुर महानगरपालिका  १० का ४३ वर्षीय मधुकर लामा पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको जानकारी दिए । उनी मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल,  भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको जानकारी दिन्छन् ।  अस्पतालले दिएको  मायाले धेरै खुशी लागेको उनीहरुको भनाई छ । 

प्रमुख प्रशासकीय अधिकृत देवकोटा बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताउछन्  । सो अवसरमा बिरामीलाई नर्सहरुले टीका लगाउनुको भाइमसला, फलफूल तथा मीठाइ  वितरण गरेको थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कात्तिक नृत्यमा १८ वर्षमुनि, ६० वर्ष माथिकालाई संलग्न नगराइने

  • १० मङ्सिर, २०७७

ललितपुर ।  आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भनिएको कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ

हरिबोधनी एकादशी बुधबार र बिहीबार

  • १० मङ्सिर, २०७७

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधवार र वेदमा आधारित भई कर्म

लामो समयदेखि विद्यालय बन्द रहँदा लागुऔषध सेवनमा फस्दै बालबालिका

  • ७ मङ्सिर, २०७७

टीकापुर ।  विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा