• शनिबार ८-१३-२०७७/Saturday 11-28-2020/ 01:31 am

कुलेश्वरबाट दुई लाख नगद र सात लाखको चेकसहित सात जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काभ्रेका ४४ वर्षीय यादव चौलागाईँ, धादिङका ४१ वर्षीय राजु पौडेल, चितवनका ३१ वर्षीय राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका ४१ वर्षीय श्याम तामाङ र कैलालीका २८ वर्षीय प्रेम बडवाल रहेका छन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ठूलो रकम हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।  प्रहरीले पक्राउ परेकासँग विभिन्न बैंकको ११ थान चेकबुक र एक बुक ताससमेत बरामद गरेको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कात्तिक नृत्यमा १८ वर्षमुनि, ६० वर्ष माथिकालाई संलग्न नगराइने

  • १० मङ्सिर, २०७७

ललितपुर ।  आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भनिएको कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ

हरिबोधनी एकादशी बुधबार र बिहीबार

  • १० मङ्सिर, २०७७

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधवार र वेदमा आधारित भई कर्म

लामो समयदेखि विद्यालय बन्द रहँदा लागुऔषध सेवनमा फस्दै बालबालिका

  • ७ मङ्सिर, २०७७

टीकापुर ।  विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा