• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 06:32 am

गण्डकीमा ५८ जना कोरोना सङ्क्रमित थपिए, तीनको मृत्यु

गण्डकी ।  गण्डकी प्रदेशमा आज ५८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
    
मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ४६ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका–३ का ८३ वर्षीय पुरुष र पोखराकै वडा नं १७ का ७८ वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १२७ पुगेको छ । 

आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ३८, स्याङ्जाका नौ, तनहुँका पाँच, म्याग्दी र गोरखाका तीन÷तीन जना छन् । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १० हजार ५४८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

  • १३ मङ्सिर, २०७७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही

झापामा ८४ जनासहित प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए

  • १२ मङ्सिर, २०७७

झापा । प्रदेश १ मा आज २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र

सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए

  • १२ मङ्सिर, २०७७

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६र७७ मा कैलाली, कञ्चनपुर,