• शनिबार ८-१३-२०७७/Saturday 11-28-2020/ 01:25 am

नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, बिहीबार पनि दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । लगातार उकालो लागेको बजारमा आज पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै नभई  कारोवार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३६.३२ सुधार आई एक हजार ७७८.१२ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९८ विन्दुले बढेर ३४३.०७ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भए ।

 कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बीमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बीमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लागेको छ ।
 
    कारोवारका आधारमा  नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ४१ करोड आठ लाख ४५ हजार ३१० बराबरको कारोवार भयो । यस्तै हिमालयन डिस्टिलरी रु २७ करोड सात लाख ५३ हजार ५३९, नेपाल लाइफ इन्स्योरेन्स रु २६ करोड १२ लाख ९९ हजार ६५१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ४३ लाख १७ हजार ४०९, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ३१ लख ५६ हजार १५२, नेको इन्स्योरेन्स रु १६ करोड ७७ लाख ९५ हजार ५३७, शिवम् सिमेन्ट रु १६ करोड १८ लाख ६२ हजार ७६७ र एनआइसी एशिया बैंक रु १५ करोड ६० लाख ८० हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

    यस्तै कारोवारका आधारमा युनिलिभर नेपाल १०, तारगाँउ रिजेन्सी होटल १०, हिमालयन डिस्टलरी ९.९९ बोलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९८, साल्ट टे«डिङ कर्पोरेशन ९.९४, नेको इन्स्योरेन्स ९.९४, नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए ।

    त्यसैगरी प्रभु बैंकको ऋणपत्र २.२९, सनराइज म्युचअल फण्ड २.१८, एसबीएल ऋणपत्र १.९८, रैराङ हाइड्रोपावर १.९२, ग्लोबल आइएमई ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

निजगढ विमानस्थलको लगानी मोडालिटी बनाउने तयारी

  • १२ मङ्सिर, २०७७

काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थलको लगानी मोडालिटी सम्बन्धमा साता दिनभित्र छलफल गर्ने

इयुको आकाशमा नेपाललाइ प्रतिवन्ध लगाउनुको कारण छैन–पर्यटनमन्त्री

  • १२ मङ्सिर, २०७७

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एभिएसन सेफ्टी रिपोर्ट’ २०२० सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच

प्रभुले ६० लाख कित्ता साधारण सेयर निश्कासन गर्ने 

  • १२ मङ्सिर, २०७७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता प्राथमिक सेयर (आइपिओ) निश्कासन गर्ने भएको छ । शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पनि