• बिहीबार ८-११-२०७७/Thursday 11-26-2020/ 01:48 am

प्रदेश १ मा ५६० सङ्क्रमित घर फिर्ता

विराटनगर ।  प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेशनबाट ५६०  कोरोना सङ्क्रमित निको भई घर फर्केका छन् । निको हुनेको सङ्ख्या अहिलेसम्म १९ हजार ७८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै प्रदेशमा सोही अवधिमा गरिएको ८३३ जनाको पिसिआर परीक्षणमा ९९ महिलासहित २१८  सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा मोरङमा ८६ मध्ये विराटनगरमा ६८, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, सङ्खुवासभामा चार, इलाममा तीन, उदयपुरमा दुई, धनकुटा र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्म सङ्क्रमितको सङख्या २४ हजार ७३४ पुगेको छ ।  प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ३६३ जनाको पिसिआर परीक्षण गरिएको  मन्त्रालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बेपत्ता छानविन आयोगको कामलाई उपलब्धिमुलक वनाउन मुख्यमन्त्री शाहीको आग्रह

  • १० मङ्सिर, २०७७

सुर्खेत  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफ्नो कामलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन बेपत्ता पारिएका व्यक्तिको छानविन

पाल्पामा ट्याक्टर दुर्घटना,एकको मृत्यु ३ जना घाईते 

  • १० मङ्सिर, २०७७

पाल्पा ।  पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् ।  जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिका–६,

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय खुला

  • १० मङ्सिर, २०७७

गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा पैmलिएको