• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ओली पक्षका कार्यकर्ताको उग्र रुपः आफ्नै पार्टीका नेता पाण्डेलाई कालो झण्डा

शान्ता अधिकारी, चितवन । केन्द्रमा शीर्ष नेताहरुबीचको विवाद उत्कर्षमा पुगेका बेला चितवनका प्रधानमन्त्री केपी ओली पक्षका कार्याकर्ताले अर्को पक्षका नेता शुरेन्द्र पाण्डेलाई कालो झण्डा देखाएका छन् । 

शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्री ओली निकट कार्यकर्ताहरुले स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार गरेका हुन्।


नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका १५,२० जनाको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्न दिएनन् ।

नेता पाण्डे कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् । पाण्डेले प्रधानमन्त्री ओलीविरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेकाविरुद्ध प्रदर्शन गरेको बताएका छन् । 

उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध गरेका थिए।

स्थानीय कमिटिले भने उक्त कार्यक्रम गुटको नभई पार्टी कमिटीको बैठक तथा प्रशिक्षण गरेको र उक्त कार्यक्रममा प्रधानमन्त्री ओली निकट स्थानीय नेताहरु पनि सहभागी रहेको जानकारी दिएको छ।

नेता पाण्डेलाई कालो झण्डा देखाउने समूह साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाको नेतृत्वका आएको बताइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर