• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

नेता पाण्डेमाथिकाे आक्रमण सुनियोजित -माधव नेपाल

काठमाडौं । चितवनमा नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको आक्रमणको बरिष्ठ नेता माधवकुमार नेपालले भत्सर्ना गरेका छन् । शनिवार अपरान्ह विज्ञप्ती जारी गर्दै नेता नेपालले पार्टीको काममा लागिरहेका नेता पाण्डेलार्य सुनियोजित रुपमा अभद्र व्यवहार गरेको बताएका छन् । 

'गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवाहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।' 

 नेता नेपालले भनेका छन्, 'सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर