• शनिबार ८-१३-२०७७/Saturday 11-28-2020/ 01:07 am

 चट्याङ लागेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारको आर्थिक सहयोग

लमजुङ ।   बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय मृतक सन्तबहादुर विकका परिवारलाई गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । गत असोज ५ गते साँझ चट्याङ लागेर मृत्यु भएका विकको परिवारलाई राहतस्वरुप आज प्रदेश सरकारले रु ५० हजार आर्थिक सहयोग गरेको हो ।
 
उक्त रकम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, वडाध्यक्ष भोजबहादुर रिमाल र स्थानीयवासीको उपस्थितिमा प्रदेश सरकारका तर्फबाट प्रदेशसभा सदस्य धनञ्जय दवाडीले मृतक विककी श्रीमतीलाई घरमै पुगेर हस्तान्तरण गरे । सो रकम हस्तान्तरण गर्दै उनले भने, “प्रदेश सरकारले राहत हस्तान्तरण गर्न ढिलो भए पनि यस रकमले परिवारलाई केही सहयोग पुगोस् भनेर प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो ।” प्रदेश सरकारले यस्ता विपद्बाट घटनाबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको उनको भनाइ छ ।
 
राहतस्वरुप रकम पाएपछि मृतकको परिवारले खुशी व्यक्त गरेको थियो । मृतककी श्रीमती सन्तकुमारीले  भने, “हाम्रो परिवारमा यत्रो ठूलो बज्रपात आइप¥यो, यस्तो बेलामा स्थानीय सरकारदेखि तीन वटै सरकारले साथ दिँदा मन केही हलुङ्गो भयो ।” विक उक्त समयमा घर नजिकै आफन्तकामा बस्दै गर्दा चट्याङ लागेर घाइते भई  नगरपालिका  ८ मा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि लगिए पनि बाटामै मृत्यु भएको अस्पतालको घोषणा गरेको थियो । विकको मृत्युपश्चात् सङ्घीय सरकारका तर्फबाट जिल्ला प्रशासन कार्यालयले रु दुई लाख र  नगरपालिकाले रु एक लाख राहतस्वरुप तत्कालै उपलब्ध गराएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

झापामा ८४ जनासहित प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए

  • १२ मङ्सिर, २०७७

झापा । प्रदेश १ मा आज २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र

सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए

  • १२ मङ्सिर, २०७७

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६र७७ मा कैलाली, कञ्चनपुर,

तारमा बेरिएको अवस्थामा एक जना मृत फेला 

  • १२ मङ्सिर, २०७७

कञ्चनपुर । कञ्चनपुको सदरमुकाम महेन्द्रनगर बजारमा घाँटीमा तारको पासो बेरिएको अवस्थामा १ जना मृत फेला परेका छन। भीमदत्त नगरपालिका वडा नम्बर ४