• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

म्यानचेस्टर सिटीलाई हराउँदै टोटनह्याम शीर्ष स्थानमा उक्लियो

एजेन्सी । म्यानचेस्टर सिटीमाथि शानदार जित निकाल्दै टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ।

लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्यामले पेप गार्डिवलाको म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको हो ।

टोटनह्यामका लागि सन हेङ्ग–मिन र जिओभानी लो सेल्सोले गोल गरेका हुन् । सनले पाँचौँ तथा लो सेल्सोले ६५ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै शीर्ष स्थानमा पुगेको टोटनह्यामको ९ खेलबाट २० अंक भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर