• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

फेसबुक र ट्विटरले २० जनवरीमा बाइडेनलाई राष्ट्रपतिको आधिकारिक अकाउन्ट प्रदान गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनाव हारेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको आधिकारिक ट्विटर पेज २० जनवारीका दिन गुमाउँदै छन् । 

त्यस्तै राष्ट्रपति चुनाव जितेसँगै जो बाइडेनले भने त्यही दिन अर्थात् जनवरी २०देखि राष्ट्रपतिको आधिकारिक ट्वीटर र फेसबुक अकाउन्ट प्राप्त गर्ने भएका छन् ।

ट्रम्पको स्वामित्वमा रहेको अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्वीटर अकाउन्ट @POTUSलाई जो बाइडेनले पदभार ग्रहण गरेपछि हस्तान्तरण गरिने ट्वीटरले जनाएको छ ।

डोनाल्ड ट्रम्पले चुनावको हार स्विकार नगरेको र जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहेको अवस्थामा ट्वीटरले भने राष्ट्रपतिको अकाउन्टलाई ट्रम्पबाट बाइडेनमा सार्ने तयारी गरेको हो ।

ट्वीटरका प्रवक्ताले भनेका छन्, ‘ह्वाइटहाउसका संस्थागत ट्वीटर अकाउन्टहरु आगामी जनवरी २० मा स्थानान्तरण गर्ने प्रक्रियालाई सहयोग गर्न ट्वीटरले सक्रिय रुपमा तयारी गरिरहेको छ । सन् २०१७ को जस्तै अहिले पनि यो प्रक्रिया नेसनल आर्काइभ्स एण्ड रेकर्डस् प्रशासनसँगको गहन परामर्शमा गरिनेछ ।’

राष्ट्रपतिको आधिकारिक ट्वीटर अकाउन्ट @POTUSसँगै ह्वाइटहाउसका अन्य आधिकारिक ट्वीटर अकाउन्टहरु २@whitehouse, @VP र @FLOTUS  समेत बाइडेन प्रशासनलाई सुम्पिइनेछ ।

ह्वाइट हाउसका सबै आधिकारिक ट्वीटर अकाउन्टहरु एक राष्ट्रपतिबाट अर्को राष्ट्रपतिमा हस्तान्तरण गर्दा अघिल्लो राष्ट्रपतिको कार्यकालका सामाग्रीहरु आर्काइभ गरिनेछ र नयाँ राष्ट्रपति प्रशासनका लागि खाली ट्वीटर अकाउन्ट प्रदान गरिन्छ ।

त्यसैगरी, सामाजिक सञ्जाल फेसबुकले पनि आगामी नयाँ अमेरिकी प्रशासनलाई आधिकारि फेसबुक अकाउन्ट (पोटस) दिने शनिवार बताएको थियो । 

‘सन् २०१७ मा हामीले ओबामा प्रशासन र त्यसपछि आएको ट्रम्प प्रशासन दुवैसँग काम गर्र्यौ ताकि उनीहरुको फेसबुक र इन्स्टाग्राम अकाउन्टहरुको २० जनवारीमा हस्तान्तरण सहज थियो भन्ने सुनिश्चित गर्न सकियोस् । अब हामी पुनः त्यही गर्ने आशामा छौँ’, फेसबुकले रोयटर्ससँग भन्यो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर