• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

समस्या समाधान गर्ने बिम्ब हुन 'प्रचण्ड'

पूर्व माओवादीहरुको फुटले कमजोर प्रचण्डलाई मात्रै बनाएको छैन । मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द सबैलाई कमजोर बनाएको छ । पुनः शक्ति आर्जनका लागि इतिहासले सबैलाई एक ठाउँमा आउन आव्हान गरिरहेको छ । 

यतिबेला सत्तारुढ नेकपा (नेकपा)भित्र चलिरहेको बहस केवल अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड‘बीचको तकरावलाई लिइने गरिएको छ । पार्टी कार्यकर्ता आ–आफ्नो पक्षमा उभिएर विरोध र सर्मथन गरेर दुई पक्षमा विभाजन भएकाले दृष्यमा त्यो देखिन्छ । अखिर हामीले यसरी हेरियो भने सहि निश्कर्षमा पुग्न सकिन्न । आवश्यकता ओली कि प्रचण्ड भन्ने होइन । नेकपाभित्र चलेको यो अन्तर्विरोध राष्ट्रियता स्वाभिमानसहित सह–अस्तित्व राजनीतिको खोजी हो ।

राष्ट्रिय, अन्तर्राष्ट्रियमा देखा परेका राजनीतिक धारतिर ढल्किनेसम्म देखिन्छ । पार्टीको घोषित नीति समाजवाद उन्मुख दिशातिर जाने मार्गबीचको लडाइँ यतिबेला चलिरहेको छ । निश्चय नै पार्टी भने जस्तै समाजवाद उन्मुख दिशाले आम भूइँ मान्छेहरुको जिवनस्तरमा आमूल परिवर्तन ल्यायो कि, ल्याएन रु भन्ने मुख्य प्रश्न हो । सामाजिक ,आर्थिक सांस्कृतिक राजनीतिक रुपान्तरणसहितको समाजवादको यात्रा तय गर्ने या गुन्डागर्दी, भ्रष्ट, दलाल, तस्कर ,कमिसनखोर दलाल पुँजीवादको चाकरी गर्दै केही मुठ्ठीभर मान्छेका लागि समाजवाद केवल कोरा कागजमा मात्रै सिमित गराउने भन्ने बिचको लडाइँ हो ।

त्यसैले तपाईं कुन वर्ग समुदाय र चरित्रको नजिक रहेर पक्षपोषण गर्नुभएको छ रु त्यो तपाईंको रोजाईका बिषय हुन । यद्यपि यतिबेला राष्ट्रियता, स्वाधिनता संप्रभुत्वतासहित आम भुइँ मान्छेहरुको जिवनस्तर उकास्न सच्चा कम्युनिस्ट पार्टीको आवश्यकता हो । यो आन्दोलनलाई बचाएर समाजवादतिर अघि बढ्न पक्कै पनि नेतृत्वको उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक हुन्छ ।

पक्कै पनि नेपाली कम्युनिस्ट आन्दोलन र वर्ग संघर्षको नेतृत्व कसले गर्‍यो भन्ने विषय जो कोहीले सहजै भन्न सक्छ । यही सन्दर्भ यहाँ औंल्याउँदा निर्विकल्प प्रचण्ड हुन । संघीयता, समावेशीता, समानुपातिक स्थापित प्रचण्डकै कारण भएको हो । 

पक्षधरताको विषय औंल्याउँदा कुन नेतृत्वले कुन विचार अघि सारेको छ भन्ने विषयले महत्व राख्छ । पक्कै पनि नेपाली कम्युनिस्ट आन्दोलन र वर्ग संघर्षको नेतृत्व कसले गर्‍यो भन्ने विषय जो कोहीले सहजै भन्न सक्छ । यही सन्दर्भ यहाँ औंल्याउँदा निर्विकल्प प्रचण्ड हुन । संघीयता, समावेशीता, समानुपातिक स्थापित प्रचण्डकै कारण भएको हो । 

विश्व कम्युनिस्ट आन्दोलनको अध्ययन र मार्क्स, लेनिनवाद र माओवादको सिद्धान्त अगाडि बढ्दैजाँदा कम्युनिस्ट आन्दोलनमा सदैव दुई धार संघर्ष चल्दै आएको इतिहास छ । पार्टी एकतासँगै माओवादी छोडिए पनि अहिले प्रचण्डले मार्क्सवाद, लेनिनवाद र माओवादका आधारहरुलाई सहि प्रयोग गर्दै वस्तुनिस्ठ भौतिक द्वन्द्वात्मक रूपमा अगाडि बढिरहनु भएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली न समाजवाद उन्मुख दिशातिर लाग्नुभएको छ, न संघीयता पुरै कार्यन्वयन गर्ने गराउन चाहानुहुन्छ । बरु उहाँको नेतृत्वमा रहेको सरकाकार भ्रष्ट, तस्कर, कमिसनखोर, दलाल पुँजीवादको गोलचक्करमा फस्दै गएको देखिन्छ । प्रधानमन्त्री ओली आफ्नो अडान छोड्दै जानु भएको छ । आफ्ना वरपरका सीमित व्यक्तिहरुको सल्लाहमा अदृष्य शक्तिबाट सञ्चालित भएको देखिन्छ । जुन कार्यशैलीले मुलुक प्रगतिपथमा अघि बढ्दैन । बरु यि कार्यहरुले सम्पूर्ण कम्युनिस्ट आन्दोलन समाप्त पार्ने रणनीति अनुसार अगाडि बढिरहेको व्यवहारमा परिणत हुँदै गएको छ ।

ब्यक्तिवादी, अहंकार, हैकमवादी चिन्तन लिएर नेपाली मौलिक संघीय लोकतान्त्रिक गणतन्त्रको गला रेट्ने दिशातर्फ प्रधानमन्त्री ओलीको तीब्र उन्मुख छ । उल्लेखित विषमा धरातलमा रहेर हेर्दा लाग्छ आम सर्वसाधारण, बौद्धिक ब्याक्तित्वहरु संघीय लोकतान्त्रिक गणतन्त्रका हिमायतिहरु प्रचण्डले यतिखेर गरेको प्रयत्नलाई साथ दिनुको विकल्प देखिन्न ।

ऐतिहासिक जनयुद्धको जगमा ६२,६३ को आन्दोलनबाट प्राप्त उपलब्धिलाई यथास्थितिवादीहरुको मन खुशी छैन । अहिले ओली यही यथास्थितिवादीहरुकै पक्षपोषणमा लागिरहेका छन् । जनताको जीवनस्तरमा कुनै सुधार दखिन्न, समाजवाद उन्मुखका आधारभूत काम समेत दुई तिहाई मत प्राप्त सरकारले गरेको देखिन्न । कोभिड–१९ को रोकथाम, आधारभूत शिक्षाको सेवा दिनसमेत राज्य असक्षम देखिन्छ । जसका कारण जनतामा पुरै आक्रोश देखिन्छ । 

पार्टी नेतृत्व सरकारले गरेका सबै कामका दोष र गुण अन्ततः नेतृत्वले नै लिनुपर्छ । अहिले ओलीले गरेका सबै कार्य ओलीको मात्रै जिम्मेवार हुँदैनन् । पार्टीभित्रका शिर्ष नेतृत्व, नेता तमाम कार्यकर्ताले लिनुपर्छ । तर, ओली त्यसलाई स्वीकार्ने पक्षमा देखिँदैनन् । सत्ताको कुर्सीबाट भुइँ मान्छेको समस्या देख्दैनन् शासकहरुले भन्ने तथ्य अहिले पुष्टि भएको छ । अहिलेसम्म जनताका अथाह मेहनतबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा पहिलो हो ।

प्रचण्डलाई जति कमजोर बनाउन खोजिएको छ, यसलाई रोक्ने भनेको अन्ततः सहि बिचार र देशभक्ति र प्रगतिशील पक्षधरले नै हो । तसर्थ सबैखाले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको चलखेलविरुद्ध एकाकार हुनुको अर्को बिकल्प छैन । ऐतिहासिक उपलब्धिहरुको रक्षा गर्दै आगामी समाजवाद हुँदै साम्यवादको यात्राको लागि अन्त्यमा सम्पूर्ण माओवादी घटकहरु झन् एकढिक्का हुनुपर्ने समायको माग हो ।

यि उपलब्धिहरु रक्षार्थ मुलुक हाँक्न सक्ने नेतृत्व आवश्यक पर्छ । त्यसको निर्विकल्प नेतृत्व प्रचण्ड नै हुन । प्रचण्डलाई जति कमजोर बनाउन खोजिएको छ, यसलाई रोक्ने भनेको अन्ततः सहि बिचार र देशभक्ति र प्रगतिशील पक्षधरले नै हो । तसर्थ सबैखाले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको चलखेलविरुद्ध एकाकार हुनुको अर्को बिकल्प छैन । ऐतिहासिक उपलब्धिहरुको रक्षा गर्दै आगामी समाजवाद हुँदै साम्यवादको यात्राको लागि अन्त्यमा सम्पूर्ण माओवादी घटकहरु झन् एकढिक्का हुनुपर्ने समायको माग हो ।

प्रचण्ड निर्विकल्प नेतृत्व हुन । उनकै नेतृत्वमा मुलुकको शासन व्यवस्था परिवर्तन हुने गरेका छन् । प्रचण्डलाई कमजोर नबनाएसम्म आफ्नो स्वार्थ पुरा गर्न सकिन्न भन्ने हेक्का देशी, विदेशी शक्तिकेन्द्रलाई राम्ररी थाहा छ । अहिले मात्रै कमजोरी देखिएको पूर्व माओवादीको टुटफुट हो । जुन कमजोरीमा खेलेर सबै शक्तिकेन्द्र प्रचण्ड र उनका एजेन्डालाई असफल पार्न खोजिएको छ । पूर्व माओवादीहरुको फुटले कमजोर प्रचण्डलाई मात्रै बनाएको छैन । मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द सबैलाई कमजोर बनाएको छ । पुनः शक्ति आर्जनका लागि इतिहासले सबैलाई एक ठाउँमा आउन आव्हान गरिरहेको छ । 

हिजो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीसहित सम्पूर्ण उत्पीडित वर्ग समुदायको राज्य स्थापना हुनुपर्छ भनेर टाउकोमा कफन बाँधेर जनयुद्धको थालनि गर्दा पनि केही कम्युनिस्ट पण्डितहरुले आलोचना गरेकै हुन । अहिले पनि प्रचण्ड आलोचनामुक्त हुनुहुन्न । तर, प्रचण्डले जे गर्नुहुन्छ जनता र देशका लागि गर्नुहुन्छ भन्ने उहाँको पटक–पटकका राजनीतिक रुपमा लिइने पहल कदमीले पुष्टि गर्दै आएको छ ।

चुनौतीहरुको साङ्गोपाङ्गो विश्लेषण गर्दै कहिले ‘एककदम अगाडि, कहिले दुई कदम पछाडि‘ सरेर पहलकदमी लिने प्रचण्ड आफैमा एक कुशल राजनीतिज्ञ हुन । हो अनेकौं कमिकमजोरी होलान् । तर, पनि प्रचण्ड एक समयको गतिसँग जुध्न र खेल्न सक्ने समय सापेक्षित अग्रगामी छलाङ्ग मार्नसक्ने गतिशील नेता हुन । त्यसैले कोहि कसैले प्रचण्ड सक्किए अरुको लहैलहैमा या लहडमा लागे भन्नु सर्वथा आफैमा एक हाँस्यास्पद र प्रचण्डलाई कमजोर बनाउन चाहने सोचको बिम्व हो ।

के हिजो महान उद्देश्यसहित सुरु गरियको ऐतिहासिक जनयुद्ध त्यसकै परिणति थियो त रु पक्कै पनि त्यस्तो होइन । उचित समयको पर्खाइ र परिवर्तनशील समयको अध्ययन अनुसन्धानबिना प्रचण्डले कुनै राजनीतिक कदमहरु अगाडि बढाउँँदैनन् त्यो सत्य हो । चाहे गणतन्त्रको लागि लडिएको महान जनयुद्ध होस् या शान्ति प्रक्रिया पश्चात् संविधान निर्माणदेखि विभिन्न कालखण्डमा प्रचण्डले देखाएको राजनीतिक कौसलता होस्, सबैले पुष्टि गरिसकेको छ ।

आज केही थान बुद्धिजीवीहरुले प्रचण्डलाई कमजोर बनाउने मनसायका साथ भन्ने गरेका छन् यो केवल प्रचण्डको पदको लडाइँ हो । तर, त्यस्तो होइन । आम मान्छेहरुको जीवनसँग, समय सापेक्षित रूपमा काम गर्न नसकेको र बरु भ्रस्ट दलाल कमिसनखोर ब्यक्तिवादी अहंकारी चिन्तन, साम्राज्यवाद र बिस्तारवादको नाङ्गो हस्तक्षेपको विरुद्ध उठाएको समय सापेक्षित आवाज हो ।

प्रचण्ड राजनीतिक लडाइँ हो । दुर्इ तिहाइ नजिक जनमतसहितको कम्युनिस्ट सरकारले गरेका हरेक निर्णयहरु आम नागरिकका समस्या समाधान गर्न भन्दा पनि दलाल भ्रष्ट पुँजीवादीहरुको चाकडी चाप्लुसी गर्न एकपछि अर्को जन बिरोधी निर्णयहरु सम्पुर्ण कम्युनिस्ट, कम्युनिस्ट आन्दोलनप्रतिको गद्दारी हो । विश्व कम्युनिस्ट आन्दोलनलाई नियालेर हेर्दा अध्ययन गर्दा के देखिन्छ भने सदैव क्रान्तिकारी कम्युनिस्ट र गैर क्रान्तिकारी साम्राज्यवाद, विस्तारवादका विरुद्ध दुई लाइन संघर्ष चल्दै आएको तथ्य बुझ्नुपर्ने जरुरी हुन्छ ।

सम्पूर्ण उत्पीडित वर्ग समुदाय एकाकार हुँदै दलाल पुँजीवादी,  साम्राज्यवाद, विस्तारवादविरुद्ध एक भएर लड्नुको अर्को बिकल्प छैन । यतिबेलोको सर्त सही समयमा सही निर्णय लिनसक्ने प्रचण्डको लाइनमा खरो उत्रिनुको अर्को बिकल्प छैन । प्रचण्ड पद र प्रतिस्ठाको लडाइँमा होइन, कसरी समाजवादी ब्यवस्था स्थापना गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अगाडि बढेका एक नायक हुन । प्रचण्ड चुनौती दिने मात्रै होइनन् ती त्यस्ता चुनौतीहरुलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने उपाय र समाधानको बिम्व पनि हुन । केवल–केवल साथ र सहयोगको प्रचण्डलाई खाँचो छ । सबै एक ढिक्का भएर प्रचण्डलाई साथ र सहयोग गरौं, जित आम उत्पीडित वर्ग समूदायको हुनेछ । कमरेड प्रचण्ड लालसलाम । 

(हाल दुबईमा रोजगारीमा रहेका सुवेदी स्याङ्जा गल्याङ नगरपालिका–४ का हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर