• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

रुपन्देहीका नदी किनारमा ४ अर्ब १३ करोडका सडक बन्ने

बुटवल । रुपन्देहीमा नदी किनारमा अर्बौ लागतका सडक निर्माणका आयोजना अगाडी बढाइएको छ । बुटवलको वीच भागबाट बग्ने तिनाउ नदी किनारमा सडक निर्माण गर्ने योजना अगाडी बढेको छ ।  
तिनाउ र दानव नदी किनारमा २ लेनको सडक निर्माण गर्ने गरी अगाडी बढाइएको कामको शिलन्यास अर्थमन्त्री विष्णु पौडेलले आज बुटवलमा गरेका छन । 

डिपिआर भएको यस सडकको लम्वाई ५० किलोमिटर रहेको छ भने आयोजनाको नाम  तिनाउ दानव नदी कोरिडोर–भारत सीमा सडक रुपन्देही रहेको छ । सडकको कुल लागत ४ अर्ब १३ करोड रहेको छ । दुवै नदीको वारी र पारीपट्टी ७ मिटरका दरले दुई लेन सडक कालोपत्रे हुनेछ । २ मिटरका दरले दुवै तर्फ  फुटपाथ, नदी तर्फ १० मिटर हरीयाली (ग्रिन वेल्ट) निर्माण  हुनेछ । 

सडक निमाणका क्रममा पहिलो चरणमा तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँको ठेक्का सम्झौता असोजमा भएको छ । तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा सक्ने सम्झौता छ ।
कोरिडोर शिलान्याश गर्दै अर्थमन्त्री पौडेलले रुपन्देहीलाई मुलुककै केन्द्र भाग बनाउने गरी विकास आयोजनाहरु अगाडी बढाइएको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर