'द गोल्डेन ब्वाइ' डिएगो म्याराडोनाको निधन
एजेन्सी । अर्जेन्टिनियन फुटबल लेजेन्ड डिएगो अर्मान्डो म्याराडोनाको निधन भएको छ। दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका ६० वर्षीय म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
म्याराडोनाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फुटबलको उपाधि जितेको थियो । म्याराडोनाले अर्जेन्टाइन फुटबल टोलीको प्रशिक्षकका रुपमा समेत काम गरेका थिए।
उनलाई विश्व फुटबलका द गोल्डेन ब्वाइ उपनामले समेत चिनिन्थ्यो।
अर्जेन्टिनाबाट ९१ खेल खेल्दै उनले ३४ गोल गरेका छन् भने क्लब फुटबलमा ४९० खेल खेल्दा २५४ गोल गरेका छन् ।
सन् १९६० अक्टोबर ३०मा उनको जन्म भएको थियो।
प्रतिकृया दिनुहोस