• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आगलागीले घर पूर्णरुपमा नष्ट, पाँच लाख बढीको क्षति

डोटी ।  आगलागी हुँदा जिल्लाको सायल गाउँपालिका–६ का लालबहादुर खड्काको घर पूर्णरुपमा नष्ट भएको  छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार चिसो बढेपछि घरको आगनमा शुक्रबार साँझ बालिएको आगो हावाले छानामा पु¥याएपछि आगो सल्किएको थियो । 

आगलागीबाट रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । प्रहरी चौकी सायल देवरमाण्डाँैका टोली तथा स्थानीयवासीद्वारा सो आगो नियन्त्रणमा लिएको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर