फिल्म ‘इश्क’ रिलिजको २३ वर्ष पुरा,यही फिल्मबाट आमिर–जुहीको झगडा अन्त्य

मुम्बई । अजय देवगन, आमिर खान,काजोल र जुही चावल स्टार फिल्म ‘इश्क’ लाई बलिउडको सुपरहिट कमेडी फिल्म मध्येको एकमा लिइन्छ । 

फिल्म ‘इश्क’ २८ नोभेम्बर सन् १९९७  रिलिज भएको हो । यस फिल्मका निर्देशन इन्दर कुमारले गरेका थिए । फिल्म रिलिजको समयमा कसैलाई विश्वास नै थिएन कि, यो एक सुपरहिट फिल्म बन्छ । यस फिल्ममा आमिर खान र जुहीले लामो समयपछिसँगै काम गरेका थिए । फिल्म सुटिङ अगाडी आमिर र जुहीको बीचमा मजाक गर्दा गर्दै झगडा परेको थियो जसको कारण उनीहरु करिब ६,७ वर्ष एक अर्कासँग बोलेका थिइनन् । यही फिल्मबाट उनीहरुको झगडाको अन्त्य भएको थियो ।  

यही फिल्मको सेटबाट अजय र काजोलको प्र्रेम कहानी सुरु भएको थियो । यस फिल्मलाई निर्देशक कुमारले सन् १९९१ मा बनाउने तयारी गरेका थिए ।  जतिबेला आमिर खान र पूजा भट्टलाई लिने तयार गरिएको थियो । तर बोनी कपुरले फिल्मको कास्ट परिवर्तन गर्न भनेपछि फिल्म केही समयको लागि रोकिएको थियो । 

कुमारले यस फिलमको लागि करिश्मा कपुर र माधुरी दीक्षितसँ पनि कुरा गरेका थिए ।करिश्माले यस फिल्ममा अजय देवगन भएको कारण काम गर्न अस्वीकार गरेकी थिइन् । फिल्म इश्कको कहानी मात्र होइन गीत पनि आजसम्म हिट छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर