• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

कैलाश एयरको हेलिकप्टरमा चिल ठोक्किदा ठूलो दुर्घटना टर्‍यो

काठमाडौं । बागलुङ गलकोटबाट काठमाडौं उडेको कैलाश एयरको हेलिकप्टर आकाशमा चिलसँग ठोक्किदा नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । गलकोट नगरपालिका–३ का अध्यक्ष बीरजंग भण्डारीसहित ६ जना यात्रु रहेको हेलिकप्टरको अगाडीको सिसामा चिल ठोक्किएको थियो ।

चिल बाँयातिरको सिसाबाट छिरेर दायाँतिर निस्केको थियो । क्याप्टेन दीपक प्रधानले उडान भरेका थिए । ‘कसरी बाँचियो भन्ने व्यक्त गर्नै सक्दिनँ । चिल ठोक्किएपछि भगवान सम्झिरह्यौं । पाईलटले होसियारीका साथ नुवाकोटको बेलकोटगडीमा अवतरण सुरक्षित अवतरण गराउनु भयो । अहिले अर्को हेलिकप्टरबाट हामी काठमाडौं आईपुग्यौं’, वडाअध्यक्ष भण्डारीले समाचार दैनिकसँग भने । भण्डारी अगाडि भागमा रहेकाले सिसाले हातमा खुट्टामा सामान्य चोट लागेको बताए ।

अन्य यात्रुहरु सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गिता मल्ल, अमृत खत्री थिए ।

तस्वीरः बीरजङ भण्डारीकाे वालबाट
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर