• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो वानडे क्रिकेट स्थगित 

काठमाडौं । खेल सुरु हुनुअघि खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएपछि इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो एक दिवसीय खेल स्थगित भएको छ।

टस सुरु हुनुअघि दक्षिण अफ्रिकी एक खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको हो। खेलाडी, म्याच अफिसियल र खेलमा संलग्न सबैको सुरक्षाका लागि दुवै टोली खेल स्थगित गर्न सहमत भएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ।

स्थगित खेल आइतबार हुनेछ। खेल दोस्रो सोमबार र तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ। इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले यो सिरिजलाई सन् २०२३ को एकदिवसिय विश्वकप तयारीको सुरुको रुपमा समेत लिएका छन्।

यसअघि भएको तीन खेलको टि २० सिरिज इंग्ल्यान्डले ३–० ले आफ्नो पक्षमा पारेको थियो

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर