• शुक्रबार १०-२-२०७७/Friday 01-15-2021/ 10:41 pm

बहरानइनमा पनि कोरोना विरुद्धको खोपको आपतकालीन प्रयोग अनुमति

दुवइ । कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । 

फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो । 

बहराइनको राज्यद्धारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्विकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ । यसअघि बुधबार बेलायतले यही खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिएको थियो । 

देशको राष्ट्रिय स्वास्थ्य नियमक निकायले सवै कुरा अध्ययन गरेर यसलाई आपताकालिन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्विकृति दिएको हो । 
प्रयोगका लागि स्विकृति दिएपनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिने छ भन्ने बारेमा भने केही जानकारी दिइएको छैन । 

त्यसैगरी फिजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले कहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ । 

झण्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराईनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजार जना सङ्क्रमित भएका छन् भने ३४१ जनाको मृत्यु भएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतमा उत्पादित कोरोना भ्याक्सिन अब नेपालमा पनि प्रयोग गर्न मिल्ने

  • २ माघ, २०७७

काठमाडौं । नेपालले भारतमा उत्पादन भइरहेको कोरोना भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालिन रुपमा

अझै पिसिआर परीक्षणबाट बञ्चित छन् बाग्लुङका सर्वसाधारण

  • २ माघ, २०७७

बाग्लुङ् । कोरोना भाइरस महामारी सुरु भएको एक बर्ष वित्दापनि  बागलुङमा पिसिआर प्रयोगशाला स्थापना भएको छैन ।  सरकारले गत असार १२ गते धौलागिरि

तपाईं कुन प्रजातिको तरुल खाँदै हुनुहुन्छ ? (भिडियोसहित)

  • १ माघ, २०७७

काठमाडौ । उपत्यकाको मुख्य तरकारी बजार ‘कालीमाटी’ माघे सङ्क्रान्तिको रनौकसँगै तरुलमय बनेको छ । घरको भित्ता भन्दा ठूला देखिने तरुलका चाङले