९ बर्षदेखि थला परेका राईको राज्यमन्त्री गजमेरद्धारा उद्धार

विराटनगर  । भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका उनको  प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आज उद्धार गरेकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ ।  

घरमा भएको एक मात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि दुवैजनालाई उद्धार गरि विराटनगरको मानव सेवा आश्रममा ल्याईएको छ । 

राईको उद्धार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताइन् । सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरुको उद्धार तथा पुर्नस्थापनाको काममा प्रदेश सरकार लागेको उनले बताइन् । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको गजमेरले बताइन् । 

करिव २ महिना अघि राईको स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले स्लाइन पानी लगायत प्राथमिक उपचार गरेको थियो । उद्धार गरिएका राई स्वास्थ्य परीक्षण पछि रोगबारे थाहा हुने मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर