गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

वाग्मती । मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । 
    
अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर