• आइतबार १०-११-२०७७/Sunday 01-24-2021/ 05:55 pm

गैँडाको खागसहित एक पक्राउ

कैलाली । कैलालीमा खैरो रङको गैँडाको खागसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

बर्दगोरिया गाउँपालिका–४ स्थित छतिवना सामुदायिक वन नजीक पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट १७१ ग्राम ९६० मिलिग्राम खैरो रङको गैँडाको खाग एक थानसहित सोही गाउँपालिका–५ का नैनबहादुर कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

कठरियालाई ना३स ५७१८ नंको अटोरिक्सा जाँचका क्रममा उक्त खाग बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। अटोरिक्सा र निज कठरियालाई आवश्यक कारबाहीका लागी सबडिभिजन वन कार्यालय साँडेपानी कैलालीमा बुझाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेकपा विवाद–कर्णाली प्रदेशसभा अधिवेशन अनिश्चित

  • ११ माघ, २०७७

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा

मोरङमा लागुऔषध सहित ४ जना पक्राउ 

  • ११ माघ, २०७७

काठमाडौं । मोरङबाट लागूऔषधसहित आइतबार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई,

कन्काइ नदीमा विद्युतीय शवदाह गृह निर्माणको पहल सुरु

  • ११ माघ, २०७७

 झापा । झापाको कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गर्न पहल शुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमा समेत असर पुगेको जनाउँदै कन्काई