झापा । झापाबाट विराटनगर हिडेका एक युवकको बाटोमै मृत्यु भएको छ । झापाको केर्खाबाट विराटनगर जान भनि जनसेवा यातायात प्रालीको मे १ ख ३३३३ नम्बरको बसमा चढेका उनी बस भित्रै मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार २६ वर्षीय राजकुमार थापाको बस भित्रै मृत्यु भएको हो । ति युवक आइतबार बिहान झापाको केरखाबाट उक्त गाडीमा चढेका थिए । विराटनगरका लागि चढेका युवकलाई बसपार्कमा पुगेपछि मृत अवस्थामा भेटिएको डिएसपी राईले बताए ।
थापा मृगौला रोगी रहेको र घरबाट उनी उपचारका लागि भन्दै एक्लै विराटनगर आएका थिए । गाडीका सबै यात्रुहरु उत्रिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा भेटिएपछि गाडीका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
चितवन । चितवनको रत्ननगरमा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गको रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर
कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको
सिरहा । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
प्रतिकृया दिनुहोस