लोकतन्त्र रक्षाका लागि ‘नागरिक आन्दोलन’को सञ्जाल गठन
बुटवल । लोकतन्त्र रक्षाका लागि रुपन्देहीमा ‘नागरिक आन्दोलन’ नामक नागरिक सञ्जाल गठन गरिएको छ । सञ्जालको संयोजकमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल रहेका छन । रुपन्देहीमा कार्यरत बिभिन्न ३५ संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सदस्य रहेका छन् ।
सञ्जालको सल्लाहकारहरुमा वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईं, संविधान सभा सदस्य विनोद पहाडी, नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्ध बहादुर थापा, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पाण्डे रहेका छन् ।
नागरिक आन्दोलनले प्रतिनिधि सभा विघटनका विरुद्ध शान्तिपूर्ण रुपमा सडक संघर्षमा रहेका नागरिक संगठनहरुप्रति एक्यवद्धता जनाउँदै साझा नागरिक आन्दोलनमा जोड दिने जनाइएको छ । त्यसैगरी राजनीतिक दलहरु पनि प्रतिगमनकारी, स्वेच्छाचारी, असंवैधानिक एवं अलोकतान्त्रिक कदम विरुद्ध साझा संघर्षमा उभिन समेत सबै नागरिकहरुमा अपिल गरिएको छ ।
उक्त सञ्जालले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी झण्डै दुई तिहाई बहुमतबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोच विचारै नगरी राष्ट्र र जनताको हित विरुद्ध असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गर्नुले देशमा राजनीतिक र संवैधानिक संकट सिर्जना भएको उल्लेख गरिएको छ ।
संविधानको कुनै पनि धाराले अख्तियारी नदिएको अवस्थामा भएको प्रतिनिधि सभा विघटनले भर्खरै स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठाडो प्रहार गरेको उल्लेख गर्दै विज्ञप्तीमा मुलुकलाई संविधानसम्मत हिडाउन आम नागरिकको दायित्व र कर्तव्य भएको जनाईएको छ ।








2026-10-09-02-12-39.jpeg)
प्रतिकृया दिनुहोस