• मंगलबार १०-१३-२०७७/Tuesday 01-26-2021/ 11:56 am

ग्राण्डी अस्पतालद्वारा ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु

काठमाडौं ।  काठमाडौँको टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु गरेको छ । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि मङ्गलबारदेखि यस विधिबाट उपचार शुरु गरेको हो । 

अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा विपिन नेपालले व्यक्तिकै रगत निकालेर ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि सो विधिलाई ग्राण्डीले शुरु गरेको जानकारी दिए । दाँतको शल्यक्रिया गर्दा यस विधिबाट छिटो निको हुने गरेको उनको भनाइ छ । 

ग्राण्डीले विसं २०७३ मा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी अस्पतालमा हुने शल्यक्रियाका लागि रगत पु¥याउँदै आएको छ । अस्पतालले हरेक हप्ताको शनिबार उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दै आएको छ । 

यस अस्पतालले रगत अभावका कारण कोही विरामीले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उपत्यकाका विभिन्न सरकारी अस्पतालमा आवश्यक पर्ने रगतसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । ग्राण्डीले आगामी दिनमा प्लाष्टिक सर्जरी र ढिलो निको हुने घाउहरुमा समेत सो विधिमार्फत उपचार गर्ने लक्ष्य लिएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सबै जिल्लाबाट एकैसाथ कोरोना खोप अभियान सुरु गर्दै : प्रदेश नम्बर २

  • १२ माघ, २०७७

जनकपुर । प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान सबै जिल्लाबाट एकैसाथ सुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा

थाहा पाईराख्नुहोस् तिते करेलाले कस्ता रोगहरु निको पार्छ ?

  • १२ माघ, २०७७

काठमाडौं । तिते करेलामा एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम,

आइतबार थपिए २ सय ७० जना कोरोना संक्रमित , ४ सय संक्रमण मुक्त

  • ११ माघ, २०७७

काठमाडौं । मुलुकभर आज २ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कोरोना भाइरसका आज २ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको