• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आन्तरिक तथा विदेशी पर्यटकहरुको गन्तव्य बन्दै बर्जु ताल


ओझेलमा परेका स्थानीय तहका तालतलैया, धार्मिक स्थल, पुरातात्विक महत्व बोकेका स्थानहरुले देशमा सङ्घीयता आएपछि ग्राह्यता पाउन थालेका छन् । 
संरक्षण तथा प्रचारप्रसार बढ्दै गएपछि यस्ता स्थानहरु आन्तरिक तथा विदेशी पर्यटकको गन्तव्य बन्न थालेका छन् । पछिल्लो समय तराईको सबैभन्दा ठूलो मानिएको प्रदेश नं १ , सुनसरी स्थित बर्जु ताल अवलोकन गर्न आन्तरिक तथा विदेशी पर्यटकहरुको संख्या को प्रचारप्रसारबाट सो ताल अवलोकन गर्न आन्तरिक तथा विदेशी पर्यटनको ओइरो लाग्न थालेको छ । 
    खासगरी पहाडी क्षेत्रमा मात्र ताल पाइने भएपनि तराईमा रहेकाले यस तालको बेग्लै आकर्षण र महत्व रहेको छ ।जसले गर्दा दिनहुँ अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । बर्जु गाउँपालिका–६ मा अवस्थित यो ताल पौराणिक, धार्मिक र ऐतिहासिक महत्वका साथै जैविक विविधतायुक्त समेत रहेकाले यसको विकासका लागि प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गर्न थालेका छन् । तालले कूल १५२ बिघा क्षेत्रफल ओगटेको तालको विसं २०७५ चैत ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका थिए । प्रधानमन्त्रीको अवलोकनले तालको प्रचारप्रसार एवं महत्व बढेको ताल संरक्षण समितिका पूर्वअध्यक्ष बालम चौधरीले बताउनुभयो । 
     बर्जु तालको उचित विकास गर्न एवं आकर्षक बनाउन दृश्यावलोकन स्तम्भ निर्माण गर्न, प्रदेश सरकार र बर्जु गाउँपालिकाले तत्काल रु. दुई करोड चार लाख बजेट विनियोजन गरेको गाउँपालिकाका सूचना अधिकारी श्रीजना क्षेत्रीले जानकारी दिनुभयो ।     
तालको संरक्षण गरी यस क्षेत्रमा स्वदेशीविदेशी पर्यटकको आवागमनमा वृद्धि ल्याउन र यस क्षेत्रमा  आर्थिक गतिविधि बढाउन स्थानीयवासी दिनरात जुटेका छन् । प्रदेश नं १ का उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले मुलुकको व्यापार घाटा कम गर्न तथा स्थानीय जनताको जीवनस्तर उकास्न र मुलुकमा आर्थिक समृद्धि कायम गर्न तालको विकासमा जुटेको धारणा व्यक्त गर्नुभयो ।
    
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर