• शनिबार १०-३-२०७७/Saturday 01-16-2021/ 12:25 pm

सल्यानमा बसले मोटरसाइकलाई ठक्कर दिदा एक जनाको मृत्यु

सुर्खेत । सल्यानमा यात्रुबहाक बसले मोटरसाइललाई ठक्टर दिदा एक जनाको मृत्यु भएको छ । 
जिल्लाको शारदा नगरपालिका ६ बरला बजार नजिकै बसले ठक्कर दिदा  मोटरसाइकलमा सवार शारदा नगरपालिका ६ बरलाका ३० वर्षीय विरेन्द्र भण्डारीको मृत्यु भएको हो । 

ढोरचौरबाट श्रीनगर आउँदै गरेको ना ३ ख ९६४३ नम्बरको  बसले श्रीनगरबाट बरला जाँदै गरेको रा ३ प ८७६७ नम्बरको मोटरसाइललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले समचार दैनिकलाई जानकारी दिए ।

दुर्घटनामा घाइते भण्डारीको सल्यान जिल्ला अस्पताल खलंगामा उपचारको क्रममा मृत्यु भएको ओलीको भनाई छ । 

ठक्कर दिने बस नियन्त्रण रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत