काठमाडौं । नेकपा ओली पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित पत्र बुझाएको छ ।
आयोगले पार्टीको आधिकारिकता बारेमा मागेको पत्रको लिखित जवाफ बुझाउदै ओली पक्षले पार्टीका अध्यक्ष र महासचिवबीना बैठक नै बस्न नसक्ने प्रावधान पार्टीको अन्तरिम विद्यानमा रहेको भन्दै आधिकारिकता दाबी गरेको हो ।
नेकपाको अन्तरिम विधानले महासचिव विना बैठक बस्नसमेत नसक्ने परिकल्पना गरेको र महासचिव विना बसेको अर्को समूहको बैठक आधिकारीक नहुने जानकारी गराएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
ओली पक्षले आफूसँग राजनीतिक रुपमा विभाजित भएर गएको पुष्पकमल दाहाल प्रचण्ड समूहले बैधानिकता नपाउने दावी गरेको छ । निर्वाचनको तयारीमा सबै जसो राजनीतिक दलहरु लागिसकेको अवस्थामा ढुक्क भएर निर्वाचनको तयारी गर्न अनुरोध गरेको नेम्वाङले बताए ।
सो पक्षका नेम्वाङसहित गृह मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगाएत निर्वाचन आयोग पुगेका थिए । केही दिनअघि आयोगले नेकपाका दुवैपक्षलाई प्रक्रियाका बिषयमा स्पष्ट पार्न भनेको थियो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले कार्यालय सचिव र उपसचिव टुंगो लगाएको छ । पार्टी कार्यालय परिसडाँडामा आज बसेको
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई कारवाही गरेको छ । पार्टी कार्यालय परिसडाँडामा आज बसेको
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गतेबाट शुभारम्भ हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९
प्रतिकृया दिनुहोस