• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

साझाले थप गर्यो तीनवटा ट्याङकर 

काठमाडौं । साझा सेवा सहकारी संस्थाले पेट्रोलियम पदार्थ बोक्ने तीन वटा ट्यांकर थप गरेको छ। ट्यांकरको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उद्धघाटन गरेका छन् । तीन वटा ट्यांकर थपिएसँगै पेट्रोलिय पदार्थ ढुवानी गर्न सहज हुने संस्थाको विश्वास छ। 

साझा आयाल स्टोर बल्खुका प्रमुख निर्देशक दिवाकर श्रेष्ठले भने, ‘बन्द हड्ताल जस्ता आपतकालीन अवस्थामा राज्यको सेवा पुर्याउन सहज हुन्छ।’ उनकाअनुसार प्रति ट्यांकरको २० हजार लिटर इन्धन बोक्ने क्षमता छ। कम्पनीले एउटा ट्यांकर ४८ लाख ६५ हजार रूपैयाँमा किनेको बताएको छ। विगत ५१ वर्षदेखि सञ्चालनमा आएको साझा सेवाले हाल पेट्रोल पम्प, रासायनिक मल र ग्यास बिक्री गर्दै आएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर