• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

नागरिक एप नि:शुल्क गर्ने सरकारको तयारी

काठमाडौं । नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क हुने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकम सेवा प्रदायकसँग डेटा निःशूल्क गर्न छलफल गरिरहेको छ ।

सरकारले गत माघ २ गते सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइलबाटै प्रदान गर्ने उदेश्यले  नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो । हाल परीक्षणको चरणमा रहेको नागरिक एपमा ९ ओटा सेवाहरु राखिएको छ । हाल एप मार्फत् नागरिकता,राहदानी, शैक्षिक प्रमाणपत्र, तथा मतदाता परिचयपत्र सम्बन्धि विवरणहरु प्राप्त गर्न सकिने छ । साथै  नागरिक लगानी कोष,सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएको रकम र ऋणको विवरण जानकारी लिन सकिने छ । नागरिक एपबाट हेलो सरकारमा गुनासो समेत गर्न सकिने छ । एपबाट गुनासोको सम्बोधन भयो की भएन जानकारी समेत लिन सकिने छ । साथै एपबाट सार्वजनिक बिदाको दिन समेत सेवा लिन सकिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर