'मेरो एकान्त र प्रकृतिको शान्त बस्ती'
शुन्य लाग्छ यहाँको बसाई
बर्सौ भएछ तिम्रा आंगनमा,
लुकामारी नखेलेको आजकल
देखेकै छैन तिम्रा बस्तीहरु
बसाएका छैनन्,
तिमीले टाढा टाढा
बाट हुत्याएर ल्याउने सुगन्धित
पारिजातका बासना
बरु,
कोलाहलता गन्हाएको छ,
यी सहरका होडबाजी दुई
पांग्रे मान्छेहरुले मलाई
जीउँदै शरिरका एक एक
अंगहरुमा श्रद्धाञ्जली दिएका छ्न ।
तिम्लाइ सुम्सुम्याउँदै तिम्रो
न्यानो काखमा झमक्क
एक निद निदाउन नपाएको
बर्षों बिति सक्दा पनि
म तिमीलाई भेटन आउन
पाएकी छैन,
यी पिपल पाते
कानमा ठुला ठुला ठेसा घुसारेर
म तिम्लाइ पाउने कयांै प्रयत्न
गरें,
तर तिम्रा यादले मलाई अंह
पछ्याउन सकेनन्
झन उल्टै
नानाथरी बिचार मनमा उथलपुथल
पारिदियौ ।
म तिमी बिना यति धेरै
एक्लो भएको छु जति कुनै
आमा आफ्नो बच्चाको
लागि भौतारिएकी हुन्छे ।।
सिमलको भुवा जसरी मेरो मन
उडेको छ
तिम्रो अभाव प्रष्ट रूपमा देखिन्छ
चराहरुका
चिर्विर चिर्विर कुहुँकुहुँ
माधुर्य धुनहरुले
प्रफुल्लित हुने मन आज
भांैतारिएको छ ।
सपनाहरूले
भतभती पोलेको छ !
साच्चै
भन्दा मेरो जीवनशैली नै
उजाडिएको छ ।
बैचैनी ले पातलिएकी छु ।।
अन्धाधुन्ध अन्धकार भएको
छ मेरो जिन्दगी मलाई
तिम्रा यादका बाछिटाले पथारेको छ ‘
यो खोक्रो जिन्दगीको पखेटाले
तीन घुम्तीमा उभ्याएको छ !
चारै दिशाबाट कालो
मडारिएको बादलले घेरेको छ ।
मलाई तिम्रै छहारीको खुब
आबस्यकता छ
तर मलाई यो आधुनिकता को होड्ले
दुर्गन्धित बनाएको छ
सबै मेरो दिमाग को फोहोरका डंगुर पखाल्नु छ
तिम्रो जलले तिम्रा हातहरुले मेरा
खस्रा भएका केशहरु मुसार्नु छ ।
निस्वार्थ को लामो स्वास फेर्नु छ ।।।
मिठा मिठा सुगन्धित फुलहरु
फुलाइ राख्नु
तिम्रो अभावमा म अब धेरै तडपिन सक्दिन
हो म तिम्रै बस्तीमा बास
बस्न चाहन्छु
मलाई घर बनाइ राखिदिनु
अनि म लेकबाट हेर्दा फाँटमा छर्लङ्ग
दुई खुट्टे मानिस नाचेको
हेर्न मिल्ने मौसम साँचेर राख्नु
मेरा सहपाठीहरुलाइ पनि
भनिदिनु त्यो आउँदैछे
आफ्नो सहर र होडबाजीका
रहरहरु छाडेर आफ्नो
घमण्ड त्यागेर म आउंदैछु
हो
अब, छिट्टै तिम्रो बस्तीमा आउदै छु ।।।
प्रतिकृया दिनुहोस