• २०८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024

फ्रान्सको पेरिसमा गोर्खाली भेटघाट कार्यक्रम सम्पन्न 

फ्रान्स । फ्रान्सको पेरिस शहरको पूर्वी सिमानामा जोडिएको पँता शहरको एक पार्कमा गोरखाली समाज फ्रान्सले आइतबार नेपालीहरुको भेटघाट कार्यक्रम सम्मपन्न गरेको छ । 
गोरखाका स्थानीय हाल फ्रान्समा बसोवास गर्ने गोरखालीहरुले गत वैशाखमा समाजको स्थापना गरेका थिए । 

भेटघाट तथा बिबिक्यु कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत श्रीमती अम्बिकादेवी मानन्धर लुईटेलको समेत उपस्थित थियो । फ्रान्समा नेपालीले खोलेका अन्य संघसस्थाका प्रतिनिधि समते कार्यक्रममा उपस्थित भएका थिए । 

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुरेन्द्र काप्रीले गरेका थिए । कार्यक्रममा नेपाली  संगित, नृत्य र खानाका नेपाली परिकार थिए ।राजदूत अम्बिकादेबीले गोरखाली समाज फ्रान्स स्थापनाको उदेश्य प्राप्तिको लागि शुभकामना व्यक्त गरेका थिए । 

त्यसैगरी गैर आवसीय नेपाली संघ अन्तराष्ट्रिय परिसद सदस्य सुबर्ण हमाल, फ्रान्सका अध्यक्ष एकेन्द्र बहादुर मल्ल, पूर्वउपाधक्ष्य हरि सापकोटा, नेपाली एकता समाज फ्रान्सका प्रमोद जंग पाण्डे, पाकोफÞोनकी अध्यक्ष सुमित्रा प्रधान, सास्कृतिक गृहका अध्यक्ष्य हेमन्त उपाधयाय, तमु समाज फ्रान्सका अध्यक्ष चित्र गुरुङ, मगर समाज फ्रान्सका उपाधक्ष्य बिष्णु सारुमगर, समाजसेवी जीवन केसीले आ–आफ्नो मन्तव्य राखेका थिए । 

कार्यक्रममा समाजका सल्हाकार एब एकता समाज फ्रान्सका पूर्व अधक्ष्य सुकबहादुर गुरुङले गोर्खाली समाजका फुटबल खेलाडीलाई परिचय गराएका थिए । अर्का सल्हाल्कार एब एनआरएनए फ्रान्सका पूर्वअध्यक्ष्य इन्जिनीयर निर्मल अर्यालले समाजका कार्यसमितिको परिचय गराएका थिए । समाजका उपाधक्ष रामेश्वोर श्रेष्ठले बाबिक्यु तयारी उपसमितिका साथीहरु सन्जिब देवकोटा, बिष्णु दवाडी, बीरबहादुर गुरुङ, कुलबहादुर तामाङ, सुजन देवकोटा, लाई धन्यवाद दिदै परिचय गराए । समाजकी कोषाधक्ष नानु देवकोटा, सदस्यहरु  धन कुमार घले, जीवन आले, सुदेश तामाङ,  सुजन बानियाको  उपस्थिति रहेको थियो । कार्यक्रममा आन्जेश चुडाललगायतले संगित प्रस्तुत गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर