• सोमबार ५-४-२०७५/Monday 08-20-2018/ 09:03 pm

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको विजयी सुरुवात,  माउरिन्होले गरे पोग्बाको तारिफ 

एजेन्सी । म्यानचेष्टर युनाइटेडले यो सिजनको इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।  

शुक्रबारदेखि सुरु भएको लिगको पहिलो खेलमा म्यानयुले लेस्टर सिटीलाई २–१ गोलले हराएको हो । म्यानयुले खेल सुरु भएको तेस्रो मिनेटमै पेनाल्टी पायो । जसको सदुपयोग गर्दै पल पोग्बाले सिजनको पहिलो गोल गरे । ओल्डट्राफोर्डमा भएको खेलमा एलेक्स सान्चेजको प्रहार डेनियल आमर्तेले हातले रोकेपछि म्यानयुले पेनाल्टि पाएको थियो ।

म्यानयुका लागि अर्को गोल ल्युक शले ८३ औँ मिनेटमा गरे । लेस्टर सिटीका लागि जेमी भार्डीले इन्जुरी समयममा एक गोल फर्काए । 

जितपछि म्यानयुका प्रशिक्षक जोसे माउरिन्होले पोग्बाको प्रशंसा गरे । रुस विश्वकपमा प्रभावशाली प्रदर्शन गरेर सबैको मन जितेका पोग्बा मात्र ४ दिनको अभ्यासपछि मैदान उत्रिएका थिए ।

पोग्बाले ८४ मिनेट मैदानमा बिताए तर त्यसको अपेक्षा नगरेको माउरिन्होले बताए ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अध्यक्ष प्रचण्डले गरे एसियाडमा सहभागी टेबुल टेनिस टोलीलाई बिदाई

  • ४ भदौ, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एसियाडमा सहभागी हुन जाने टेबुल टेनिस खेलाडीहरुको टोलीले बिदाई भेट

एसियाली खेलकुद : लगातार तेस्रो हार बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरियो 

  • ३ भदौ, २०७५

काठमाडौं । १८ औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल लगातर तेस्रो हार बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ । आइतबार भएको समूह चरणको

एसियाली खेलकुदः पुरुष टिम क्वाटरफाइनलमा, महिला टिम पराजित 

  • ३ भदौ, २०७५

काठमाडाैं । नेपाल इन्डोनेसियामा जारी एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम  स्पर्धामा क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको