इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको विजयी सुरुवात, माउरिन्होले गरे पोग्बाको तारिफ
एजेन्सी । म्यानचेष्टर युनाइटेडले यो सिजनको इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।
शुक्रबारदेखि सुरु भएको लिगको पहिलो खेलमा म्यानयुले लेस्टर सिटीलाई २–१ गोलले हराएको हो । म्यानयुले खेल सुरु भएको तेस्रो मिनेटमै पेनाल्टी पायो । जसको सदुपयोग गर्दै पल पोग्बाले सिजनको पहिलो गोल गरे । ओल्डट्राफोर्डमा भएको खेलमा एलेक्स सान्चेजको प्रहार डेनियल आमर्तेले हातले रोकेपछि म्यानयुले पेनाल्टि पाएको थियो ।
म्यानयुका लागि अर्को गोल ल्युक शले ८३ औँ मिनेटमा गरे । लेस्टर सिटीका लागि जेमी भार्डीले इन्जुरी समयममा एक गोल फर्काए ।
जितपछि म्यानयुका प्रशिक्षक जोसे माउरिन्होले पोग्बाको प्रशंसा गरे । रुस विश्वकपमा प्रभावशाली प्रदर्शन गरेर सबैको मन जितेका पोग्बा मात्र ४ दिनको अभ्यासपछि मैदान उत्रिएका थिए ।
पोग्बाले ८४ मिनेट मैदानमा बिताए तर त्यसको अपेक्षा नगरेको माउरिन्होले बताए ।
प्रतिकृया दिनुहोस