सुनको सिक्री र लागू औषधसहित २ जना समातिए
काठमाडौं । प्रहरीले सुनको सिक्री र लागू औषधसहित दुई जनालाई काठमाडौंको नरदेवीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको प्रहरीले लागू औषध बेच्न हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको नरदेवी घर भएका ३२ वर्षीय सबिर मगर र सोही ठाउँका २६ वर्षीया सलेष्टी मगर छन् । प्रहरीले सलेष्टी मगरेको साथबाट लुकाएर राखेको अवस्थामा चरेश जस्तो देखिने ६० ग्राम चिप्पड र १४ ग्रामको सुनको सिक्री बरामद गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस