• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

न्युयोर्क सिनेटबाट २ नेपाली पत्रकार सम्मानित

काठमाडौं । अमेरिकाको न्युजर्सी र न्युयोर्क निवासी पत्रकारहरु प्रदीप परियार थापा र किशोर पन्थी न्युयोर्क सिनेटबाट सम्मानित भएका छन् ।

न्युयोर्कको बु्रकलिनमा आयोजित एक कार्यक्रममा अमेरिकी प्रतिनिधिसभाकी केन्द्रीय सांसद इभेट क्लार्कको उपस्थीतिमा पत्रकार थापा र पन्थीलाई सम्मान प्रदान गरिएको हो । इभेट क्लार्क अमेरिकी केन्द्रीय संसदमा डेमोक्रेटिक पार्टीबाट प्रतिनिधिसभाकी सदस्य हुन् ।  

पत्रकार थापा र पन्थीलाई अमेरिकामा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । पत्रकार थापा हाल युएसनेपाल अनलाइनका प्रधानसम्पादक रहेका छन् भने पन्थी खसोखास म्यागाजिनका प्रधानसम्पादक हुन् ।

उनीहरुलाई यस अगाडि न्युयोर्क सिटी र जर्सी्सिटीको सिटी काउन्सिलबाट समेत सम्मान गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर