महिलाको लागि आधा सिट सुरक्षित : मुख्यमन्त्री राउत

नेहा झा / जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले आधा जनसंख्या रहेको महिलाको समृद्धि विना प्रदेश र मुलुक समृद्धको कल्पना समेत गर्न नसकिने बताएका छन् । 

दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कुनैपनि बहानामा महिलालाई उपेक्षित गर्न नसकिएको बताए । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमवद्ध रुपमा बेटी पढाउ बेटी बचाउ लगायतका महिला मैत्री कार्यक्रम ल्याएको उल्लेख गर्दै उनले शिक्षा र रोजगारीमा महिलाको पहुँचलाई सुनिश्चित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

विभिन्न सामाजिक कुरितिहरुका कारण महिलाहरु वर्षौ देखी विभेदमा रहदै आएको टिप्पणी गर्दै उनले प्रदेश सरकार त्यस्ता कुरितिहरु अन्त गर्न सशक्त कानून ल्याउन लागेको समेत बताए । 

प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा समेत आरक्षणमा महिलाको लागि आधा सिट सुरक्षित गरेको उल्लेख गर्दै उनले अन्य रोजगारीको अवसरमा समेत महिलालाई आधा सिट सुरक्षित गर्ने बताए । 

समाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले वालविवाह दहेज प्रथा जस्ता कुरितिहरुले महिलालाई अन्यायमा पारेको बताउँदै त्यस्ता कुरितिहरुलाई अन्त्य गर्न प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रदेश भरि बाटै प्रतिनिधि मुलुक बालिकाहरुको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर