• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

‘मौनताको आवाज’ सुनाउन अनलाइन रेडियो 

एजेन्सि । पृष्ठभूमिमा बज्दैथियो उदास संगीत । पिडा मिश्रित आवाजमा एकजना महिला प्रस्तोता अर्की एक महिलाको पिडादायी कथा सुनाउँदैछिन् ।

कथा सारा नामकी एक महिलाको थियो जो आफ्नै आफन्तद्वारा मारिइन् । सारा ३३ वर्षकी शिक्षित युवती थिइन् । आफ्नै रोजगारी थियो । अभिभावकसँग बस्दै आएकी सारालाई यमनी केटासित विवाह गर्न मन थियो । तर जब उनका २२ वर्षे भाइले ५ राउण्ड गोली सारालाई प्रहार गरे साराको जीवनको मात्र अन्त्य भएन उनको सपनाको पनि अन्त्य भयो । ती महिला प्रस्तोता साराको जस्तै अरु महिलाका कथा पनि सुनाउँदै थिइन् जो यस्तै घरेलु हिंसाको शिकार भएका थिए । यी महिला प्रस्तोता साउदी अरेबियामा महिला अधिकारको वकालत गर्ने उद्धेश्यले हालसालै संचालनमा आएको अनलाइन रेडियोमा बोल्दैथिइन् । 

महिलाका लागि निकै कडा मानिने साउदी अरेबियाका महिलाले महिलाको वृहत्तर अधिकारका लागि अनलाइन रेडियो सुरु गरेको बताएका छन् । 

सया एफएम नाममा सुरु अनलाइन रेडियोले हरेक हप्ता कार्यक्रम संचालन गर्ने जनाएको छ । कार्यक्रमको नाम रहेको छ ‘भ्वइस अफ साइलेन्ट मेजोरिटी’ अर्थात ‘मौनताको आवाज’ । एफएमले तीन हप्ता अघि हरेक हप्ता एक घण्टे कार्यक्रम संचालन गर्ने घोषणा गरेको हो ।

कार्यक्रम उत्पादनमा संलग्न महिलाहरुले भोलीका पिढीलाई आफ्नो अस्तित्वका बारेमा जानकारी होस भनेर पनि आफुहरुले कार्यक्रम उत्पादन गरेको बताएका छन् । एस्थ्र नामकी एक महिलाले भनिन्, ‘हामीले यो परियोजना हाम्रो पुस्ताको इतिहास जगेर्ना गर्नको लागि सुरु गरेका हौँ ताकि भोलीका पिढीले थाहा पाउन् कि हामी थियौँ र हामी साँच्चिकैका मान्छे थियौँ ।’
साउदी अरेबियामा हालसालै मात्र महिलालाई सवारी साधन चलाउने अनुमति दिइएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर