• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

छत्तिसगढ भिडन्तमा २९ नक्सलवादी मारिए 

एजेन्सी । छत्तिसगढको कांकेर जिल्लामा सुरक्षा बल र नक्सलवादीबीच भीषण भिडन्त भएको छ । सो भिडन्तमा परी हालसम्म २९ नक्सलवादी मारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । साथै, ठूलो परिमाणमा हात हतियार समेत बरामद भएको छ ।

भारतीय सुरक्षा बलले पूरै क्षेत्रमा खोजी अभियान जारी राखेको छ । भिडन्तमा ४ जना सैनिक घाइते भएका छन् । 

सो घटनाका सम्बन्धमा काँकेरको छोटाबेटिया प्रहरी चौकी अन्तर्गतको बिनागुण्डा र कोरोनार बीचको हापाटोला जंगलमा भएको हो ।

नक्सलवादीका चार वटा एके ४७ एसल्ट राइफल, एसएलआर, एसएमजी, थ्रि नट थ्रिलगायत बरामद गरिएको छ । साथै २५ लाखको इनाम लिएका नक्सलवादी कमाण्डर शंकर राव पनि यस भिडन्तमा मारिएको भारतीय सुरक्षा बलले दावी गरेको छ ।

एडीजी नक्सल अपरेशन विवेकानन्द सिन्हाले मुठभेडमा धेरै नक्सलवादी मारिएको बताए । तर, कति नक्सलवादी मारिएका छन् भन्ने आधिकारिक पुष्टि भने भएको छैन ।

घाइते सैनिकको अवस्था सामान्य र खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन् । घाइते सैनिकको राम्रो उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ । साथै उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको छ । सो भिडन्त हिजो दिउँसो ३ बजेबाट सुरू भएको थियो ।

पछिल्लो समय छत्तीसगढमा नक्सलवादीहरू विरुद्ध निरन्तर कारवाही भइरहेको छ । बस्तर क्षेत्रमा एक महिला नक्सलीसहित दुई पुरस्कृत नक्सलवादीहरूले सुरक्षा बल सामु आत्मसमर्पण गरेका छन् भने सुरक्षा बलहरूले दुई आतंकवादीलाई पक्राउ गरेका थिए ।

पुलिस अधिकारीहरूले भनेका थिए कि सुकमा जिल्लामा दुई नक्सलवादीहरूले प्रत्येक ८ लाख रूपैयाँको पुरस्कार लिएर आत्मसमर्पण गरेका हुन् ।

सुरक्षा बलको कडा कारबाहीका कारण नक्सल शिविरमा हलचल मच्चिएको छ । दन्तेवाडामा एक–दुई होइन, २६ नक्सलवादीले सँगै आत्मसमर्पण गरेका छन् ।

आत्मसमर्पण गर्ने नक्सलीहरूमा पुरस्कृत नक्सलवादी पनि समावेश थिए ।उनीमाथि एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर