• २०८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024

हतियार भण्डारमा विस्फोट हुँदा २० सैनिकको मृत्यु

एजेन्सी । कम्बोडियामा सेनाको हतियार भण्डारमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ। 

जुन कुराको पुष्टि कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले सामाजिक सञ्जाल मार्फत पनि गरेका छन् । दिउँसो भएको घटनाले आफू स्तब्ध भएको उनले बताएका छन्।

बीबीसीका अनुसार दक्षिणी कम्बोडियाको कम्पोङ स्पेउ प्रान्तमा रहेको सैन्य शिविरमा यो विस्फोट भएको हो।

यो विस्फोट कसरी र कुन परिस्थितिमा भएको हो भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन। 

सामाजिक सञ्जालमा सार्वजनिक भएका कतिपय भिडियो फुटेजहरुमा श्रृंखलाबद्द विस्फोट भएको सुनिएको बीबीसीले उल्लेख गरेको छ ।


प्रधानमन्त्रीले मृतक सैनिकका परिवारलाई क्षतिपूर्ति दिने र सैनिक सम्मानका साथ अन्त्येष्टि गर्ने आदेश दिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर